
- अर्थ सरोकार सम्बाददाता
सिन्धुपाल्चोक / रसुवा । सिन्धुपाल्चोकस्थित तातोपानी-खासा नाका वरपर कुनैबेला व्यवसायी र पर्यटकको थामी नसक्नुको भीड हुन्थ्यो । खासाबाट सस्तोमा सामान पनि किन्ने र तातोपानी पनि नुहाएर फर्कने भन्दै नेपालका कुना-कुनाबाट पर्यटकहरु ओहिरिन्थे । व्यवसायीहरुलाई फुर्सद नै हुँदैनथियो भने होटलहरु खचाखच भरिएका हुन्थे । चीनबाट ठुलो संख्यामा कन्टेनरहरु नेपाल भित्रिन्थे । भन्सारका कर्मचारीहरुलाई भ्याई नभ्याई हुन्थ्यो । तर २०७२ सालमा आएको बिनासकारी भूकम्पपछी उक्त नाका बन्द भयो । जसका कारण धेरै व्यवसायीहरु विस्तापित भए । भत्केका घरहरु बनेनन् भने लामो समय नाका पूर्ण रुपमा बन्द भयो । लामो समयको पहलपछी नाका केहि समयका लागि त खुल्यो तर पछी पुन: कोरोनाको प्रकोप देखिएपछी उक्त नाका फेरी बन्द भयो । जसको सबैभन्दा ठुलो चपेटामा नेपाली स्थानीय व्यवसायीहरु छन् । र उनीहरु अहिले पनि कहिले नाका खुल्ला र काम पाइएला भनेर पर्खेर बसेका छन् ।

उता रसुवागढी नाकामा पनि स्थिति उस्तै छ । कुनै बेला राष्ट्रियतासँग जोडेर खुब चर्चामा आएको यो नाका अहिले सुनसान छन् । नाका बन्द हुँदा उक्त नाका हुँदै मानसरोबर जाने पर्यटकहरुको संख्या सुन्य प्राय: हुँदा त्यहाँका होटल व्यवसायीहरु मारमा परेका छन् । अहिले रसुवागढी नाका होटलहरु कहिलेकाहीं आउने व्यवसायीहरुको भरमा मात्र छैनन्, कुन बेला बैंकले सम्पत्ति लिलाम गरिदिने हो भन्ने डरमा पनि छन् !
नाकाको हविगत- न खुल्ला न बन्द ! तर होटल व्यवसाय ठप्प प्राय :अहिले चीन र नेपालबीचको यो नाका बन्द छ भनौं भने दिनमा केहि सामानहरु नेपाल भित्रिरहेका छन् । दिनमै १०० बढी कन्टेनरहरु भित्रिने र सोहि अनुरुपको भन्सार जाँच[पास गर्ने क्षमता भएपनि अहिले दिनमा २-३ गाडीमात्र समान नेपाल भित्रिएको छ । नाका खुला छ भनौं भने निकै नगन्य मात्रामा मात्र चीनबाट नेपाल सामान आउँदा व्यवसायीहरु मारमा परेका छन् । त्यसमाथि नाकाबाट आउने समानमा सिमित व्यापारीहरुको मात्र पहुँच हुँदा चीन-नेपालबीचको नाकाको व्यापारबाट नै जीवन चलाएकाहरु समस्यामा परेको दुखेसो स्थानीयहरुको छ । अझ चीनबाट सामान आउनुपर्नेजति नआउँदा र होटल व्यवसाय चौपट हुँदा यो मारमा सबैभन्दा बढी परेका छन्, तातोपानी नाका वरपरका होटलहरु । कुनै बेला खचाखच हुने होटलहरुमा अहिले सुनसान प्राय छन् । अझ खासामा समान किन्न जान नपाएपछी तातो पानीमा नुहाउन आउनेहरु पनि घटेका छन् । जसका कारण तातोपानी नाका वरपरका होटल र पर्यटन व्यवसायीहरु निकै मारमा परेका छन् । नाका खुल्ला र आफ्नो व्यवसायलाई फेरी राम्रो बनाउला भन्ने आशमा बसेका उनीहरु चीनले नगन्य मात्र समान पठाएर अघोषित नाकाबन्दी गर्दा व्यवसायीहरुको चहलपहल घट्दा त्यसको असर आफ्नो व्यवसायलाई परेको भन्दै यतिबेला तनावमा छन् । चीन र नेपालबीचको नाका व्यापारिक दृष्टिकोणले सुनसान हुँदा अहिले नाका वारपरका होटल तथा पर्यटन व्यवसाय चौपट मात्र भएको छैन बरु नाकामा व्यापार नहुँदा धेरै व्यवसायीहरु बिदेशिन बाध्य भएका छन् भने कति विदेशीने तयारीमा छन् ।

नाका खुल्ने आशामा नागरिक, तर फिटिक्कै छैन पहल !
सुरक्षाका मापदण्डहरु अपनाएर चीन र नेपालबीचको नाका समयमा नै खुले नेपाली व्यवसायीहरुले ठुलै राहत पाउने थिए । यहाँका नागरिकको आशा पनि यहि छ । तर ठुलो छिमेकी राष्ट्रका रुपमा चिनिएको चीनसँग नेपाली पक्षले वार्ताको पहल नगर्दा वा गरिएका पहलमा पनि चीनले वास्ता नगर्दा त्यसको ठाडो मार नेपालीहरुलाई परेको स्थानीयहरुको भनाइ छ । चीन र नेपालबीचका दुई नाका नै बन्द हुँदा यसले दुई देशबीचको सम्बन्धमा पनि नागरिक तहबाट चीसोपन बढेको विश्लेषण जानकारहरुले गरेका छन् । नाकाहरुमा आयात भएका थोरै सामानहरुको विषयमा पनि दिनहुँ अनेकखाले कलह हुने गरेका छन् ।
हेरौं अर्थ सरोकार विशेष ब्युरोले तयार गरेको भिडियो रिपोर्ट:
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्