×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निरन्तर सामाजिक कार्यमा हाम्रो टीम नेपाल, दियो सडक पेटीमा बस्न बाध्य मानिसहरुलाई न्यानो ब्लाङ्केट ! (भिडियो रिपोर्ट)

PRIME CA
GLOBAL IME BANK

निरन्तर सामाजिक कार्यमा हाम्रो टीम नेपाल, दियो सडक पेटीमा बस्न बाध्य मानिसहरुलाई न्यानो ब्लाङ्केट ! (भिडियो रिपोर्ट)

१२ पुष २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । कोभिड–१९का कारण रोजगारी गुमाई भोकै परेका मानिसहरुलाई खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले सडक पेटीमा बस्न बाध्य मानिसहरुलाई ब्लाङ्केट वितरण गरेको छ । शनिबार थापाथली स्थित प्रसूति गृह पछाडि खाना खान आएका मानिसहरुलाई हाम्रो टीम नेपालले न्यानो ब्लाङ्केट वितरण गरेको हो । जाडो समयमा न्यानो कपडाको आवस्यकता पर्नेहरुको समस्यालाई ध्यान दिएर विभिन्न दाताहरुबाट प्राप्त भएको ब्लाङ्केट वितरण गरिएको हाम्रो टीम नेपालका अध्यक्ष विमल पन्तले बताउनुभयो । 
‘भोक मुक्त, नाङ्गो मुक्त र भेदभाव मुक्त राष्ट्र निर्माण’ अन्तर्गत घरबार बिहीन भई सडक पेटीमा बस्न बाध्य मानिसहरुलाई जाडो समयमा प्रयोग गर्ने ब्लाङ्केट वितरण गरिएको पन्तले बताउनुभयो । कोभिडका कारण गत चैत ११ गते देखि लकडाउन भएपछि रोजगारी गुमाएर खाना खान नपाएका व्यक्तिहरुलाई हाम्रो टीम नेपालले निःशुल्क खाना खुवाउँदै आएको छ ।  हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस: