
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सरकारी अध्ययन समितिले एक हप्तामा २ दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक हप्तामा दुई दिन सार्वजनिक दिने सम्बन्धमा अध्ययन गर्न समिति गठन गरेको थियो । सोही समितिले हप्तामा सरकारलाई सातामा दुई दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको हो । साथै समितिले निजी क्षेत्रलाईसमेत यसका लागि प्रोत्साहन गर्न सिफारिस गरेको छ ।
मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराई, पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ, नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक धनन्जय रेग्मी, गृह मन्त्रालयका उपसचिव बासुदेव घिमिरे, अर्थमन्त्रालयका प्रतिनिधि र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव कविन्द्र नेपाल सहभागी भएको अध्ययन समितिले सरकारलाई यस्तो सिफारिस गरेको हो । समितिले सार्वजनिक बिदाका सम्बन्धमा अन्तर्राष्ट्रिय अभ्यास तथा त्यसले मुलुकको कुल गार्हस्थ उत्पादनमा पर्ने प्रभावसमेत अध्ययन गरी यस्तो सिफारिस गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्