
- अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । ‘हुवावे आइसिटी अवार्ड–२०२०’ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रुपमा परिचित आइसिटी अवार्डको पाँचौं संस्करणको ग्राण्ड फिनाले शनिबार होटल सोल्टी क्राउन प्लाजामा आयोजना हुने भएको हो । ‘आइसिटी अवार्ड–२०२०’ आयोजनक समितिले बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी आगामी शनिबार ग्राण्ड फिनाले हुने जानकारी गरकाएको हो । लिभिङ विथ आइसिटीको आयोजनामा हुने ‘हुवावे आइसिटी अवार्ड–२०२०’मा विभिन्न ११ विधाहरु रहेको भएपनि यसपटक अर्को एक विधा थप गरी ‘जुरी मेन्सन आइसिटी अवार्ड २०२०’ पनि प्रदान गरिने आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताउनुभयो । अवार्ड बिजेताहरुले विशेष सम्मान, सिल्ड लगायतका पुरस्कारहरु पाउनेछन् ।
हुवावे आइसिटी अवार्ड २०२० मा रहेका विधाहरुमा स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड र एनसेल इन्नोभेसन आइसिटी अवार्डका विधाहरुमा विभिन्न चरणको छनौट पश्चात उत्कृष्ट ५ को घोषणा भएको छ । डिजिटल एजुकेशन र डिजिटल गभर्नेन्स आइसिटी अवार्डमा उत्कृष्ट ३ को घोषणा भएको छ । यसैगरी पायोनियर आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, वुमन आइकन आइसिटी अवार्ड र मिडिया पर्सन आएसिटी अवार्ड २०२० को विजेताहरु भने फाइनल कार्यक्रममा नै घोषणा हुने आयोजकले बताएको छ । हेर्नुहोस् भिडियो :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्