×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आईएमई ग्रुपद्वारा मृतकका परिवारलाई ‘आईएमई भरोसा कोष’ को रकम वितरण, के भन्छन् अध्यक्ष ढकाल ? (भिडियो रिपोर्ट)

PRIME CA

आईएमई ग्रुपद्वारा मृतकका परिवारलाई ‘आईएमई भरोसा कोष’ को रकम वितरण, के भन्छन् अध्यक्ष ढकाल ? (भिडियो रिपोर्ट)

अर्थ सरोकार

३ पुष २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । आईएमई ग्रुपले विदेशमा कोरोनाबाट ज्यान गुमाएका मृतकका परिवारलाई ‘आईएमई भरोसा कोष’ को रकम वितरण गरेको छ । शुक्रबार काठमाडौँमा आईएमई ग्रुपका अध्यक्ष समेत रहेका उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले संयुक्त रुपमा रकम वितरण शुरु गर्नु भएको हो । कामदारको रुपमा विदेश पुगेका मृतकका परिवारमध्ये काठमाडौंमा उपलब्ध सात परिवारलाई ‘आईएमई भरोसा कोष’ को रकम हस्तान्तरण गरिएको छ । 
आज सहयोग रकम पाउनुहुनेमा कोरोनाको कारण साउदी अरबमा मृत्यु हुनुभएका ५ जनाको परिवारले र बहराइन एक जना र कतारमा मृत्यु हुनुभएका एक जनाको व्यक्तिका परिवार हुनुहुन्छ । सबैले प्रति परिवार ५० हजार रुपैयाँको दरले भरोसा कोषबाट रकम पाउनु भएको छ । चेक हस्तान्तरण गर्दै महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले श्रमका लागि विदेश पुगेर उतै मृत्युवरण गरेका कामदारका परिवारको पीडालाई थोरै भएपनि कम गर्न कोषले पहल गरेको बताउनु भयो । आइएमईले ब्यवसाय र नाफा मात्र हेर्दैन नेपाली दाजुभाइको संकटको साथि पनि भएको अध्यक्ष ढकालले बताउनु भयो ।
आइएमईले २०७६ साल पुष १६ देखि २०७७ असोज ३० गते सम्म कोरोनको कारण बिदेशमा मृत्यु भएका परिवारलाई आवेदन दिन आह्वान गरेको थियो । यस अवधिमा कुल ८१ वटा आवेदन परेको थियो । आगामी पुष मसान्त भित्र सबै परिवारलाई सहयोग रकम हस्तान्तरण गरिने आइएमई ग्रुपले बताएको छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: