×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चन्द्रागिरी हिल्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन, १० कित्ता भरे पुग्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

चन्द्रागिरी हिल्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन, १० कित्ता भरे पुग्ने

Artha Sarokar

१ पुष २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । चन्द्रागिरी हिल्सको ३ लाख ६ हजार ८१९ कित्ता आइपीओमा आवेदन दिने आज अन्तिम  दिन रहेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रको लागि १ सय अंकित मूल्यमा ३ करोड ६ लाख ८१ हजार ९ सय रुपैयाँ बराबरको आइपीओ जारी गरेको थियो । 
कम्पनीको उक्त आइपिओमा काठमाडौं जिल्ला अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नं ३,४,६ र ७ (साविक थानकोट गाविसका सम्पूर्ण वडाहरु) तथा साविकको महादेवस्थान गाविसका वडा नं ३,४,५,६,७ र ८ का बासिन्दाले आवेदन दिन पाउने छन् भने मकवानपुर जिल्ला अन्तर्गतको थाहा नगरपालिका वडा नं ९ र १० (साविकको चित्लाङ्ग गाविसको सबै वडाहरु) र इन्द्रसरोवर गाउँपालिका वडा नं ५ (साविक फाखेल गाविसका सम्पूर्ण वडाहरु) मा स्थायी बसोबास गर्ने मानिसले पनि आवेदन दिन पाउनेछन् । 
उक्त आइपीओमा लगानीकर्ताले पुस १ गतेसम्म आवेदन दिन सक्नेछन् । सो समयमा आइपीओ बिक्री नभएमा पुस १६ गतेसम्म आइपीओ बिक्री हुने कम्पनीले जनाएको छ । यसमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार ६० कित्तासम्म आवेदन दिन पाउनेछन् । आइपिओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरिएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी