×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु लाइफ इन्स्योरेन्सको ६० लाख कित्ता आइपिओ बाँडफाँट, भाग्यमानी ५ लाख ४० हजार जनाले पाए सेयर !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

प्रभु लाइफ इन्स्योरेन्सको ६० लाख कित्ता आइपिओ बाँडफाँट, भाग्यमानी ५ लाख ४० हजार जनाले पाए सेयर !

Artha Sarokar

१० पुष २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आफ्नै कार्यालय नारायणचौर नक्सालमा संस्थाको आइपिओ बाँडफाँट गरेको हो । संस्थाको आइपिओको प्रि– अलोटमेन्ट बिहीबार नै सम्पन्न भइसकेको थियो ।
यस संस्थाको आइपिओमा कुल २ अर्ब ९२ करोड ८७ लाख ४३ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो भने १० लाख ८२ हजार १४३ जनाले २ करोड ९२ लाख ८७ हजार ४३० कित्ताका लागि आवेदन दिएका थियो । संस्थाको आईपीओ ५ लाख ४० हजार जनाले मात्र गोलाप्रथाबाट १० कित्ताका दरले सेयर पाएका छन् । अन्यको हात भने खालि भएको छ । कुल आवेदकको ४९.९० प्रतिशतलाई मात्रै संस्थाको आइपिओ परेको हो । ५ लाख ४२ हजार १४१ जना आवेदको हात खाली भएको छ।  
प्रभुले मंसिर २९ गतेबाट पुस २ गतेसम्म ६० करोड रुपैयाँ बराबरको कुल ६० लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । सो मध्ये सामुहिक लगानी कोष र कम्पनीका कर्मचारीलाई ३/३ लाख कित्ता छ्ट्टाएर ५४ लाख कित्ता सेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो । कम्पनीको आईपीओमा सर्वसाधारणबाट माग भएको तुलनामा ५.४२ गुणा बढी कित्ताको आवेदन परेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी