×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु लाइफ इन्स्योरेन्सको ६० करोड रुपैयाँको ६० लाख कित्ता आइपिओ बिक्री खुला, कति कित्ताका लागि दिने आवेदन ?

अर्थ सरोकार

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार

PRIME CA

प्रभु लाइफ इन्स्योरेन्सको ६० करोड रुपैयाँको ६० लाख कित्ता आइपिओ बिक्री खुला, कति कित्ताका लागि दिने आवेदन ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले आज सोमबारबाट आइपिओ बिक्रीमा ल्याएको छ । कम्पनीले १०० रुपैयाँ दरमा ६० करोड रुपैयाँ बराबरको कुल ६० लाख कित्ता आइपीओ जारी गरेको हो । कम्पनीले कुल ६० लाख कित्ता आइपीओमध्ये ३ लाख कित्ता कर्मचारी र ३ लाख कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ भने बाँकी ५४ लाख कित्तामा सर्वसाधारणका लागि छुट्याएको छ । 
कम्पनीको सो आइपिओमा पुस २ गतेसम्म आवेदन दिन सकिनेछ । पुस २ गतेसम्म सबै सेयर बिक्री नभएमा भने पुस १३ गतेसम्म पनि भर्न सकिनेछ । कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको छ । लगानीकर्ताले मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । प्रभुलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी–आइआर बीबी प्लस’ रेटिङ दिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: