
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । चन्द्रागिरी हिल्सको आइपीओ बुधबार बाँडफाँट भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आफ्नै कार्यालय नक्सालमा दिउँसो ३ बजे संस्थाको आइपीओ बाँडफाँट गरेको हो । चन्द्रागिरी हिल्सले मंसिर १७ गतेदेखि पुस १ गतेसम्ममा पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रको लागि ३ करोड ६ लाख ८१ हजार ९ सय रुपैयाँ बराबरको ३ लाख ६ हजार ८१९ कित्ता आइपीओ जारी गरेको थियो । यस आइपिओमा १६ करोड ८५ लाख ५३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
जसमा १० देखि ७० कित्तासम्मको लागि आवेदन दिनेले माग अनुसार नै सेयर पाएका छन् भने ८० कित्तादेखि ३ हजार ६० कित्तासम्मको लागि आवेदन दिनेले समान ७० कित्ता सेयर पाएका छन् । ८० कित्तादेखि ३ हजार ६० कित्ताको लागि आवेदन दिने ३५ सय ६१ जनाबाट गोलाप्रथा गरेर ११ सय ६३ जनाले थप १० किता सेयर हात पारेका छन् । यता ८० देखि ३ हजार ६० कित्तासम्मको लागि आवेदन दिएका तर गोलाप्रथाबाट १० कित्ता सयर नपाएका २३ सय ९८ जना मध्येबाट गोलाप्रथा गरि ९ जनालाई थप १ कित्ता सेयर प्रदान गरिएको छ । जसअनुसार लगानीकर्ताले अधिकतम ८० कित्तासम्म सेयर पाएका छन् । यो आइपीओमा ४८ सय ८ जनाले आवेदन दिएको मध्ये २०४ जनाको आवेदन रद्द भएको छ । योग्य ४६ सय ४ जना आवेदकलाई मात्र सेयर बाँडफाँड गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्