
झापा । नागरिकतासम्बन्धी सफ्टवेयरको दुरुपयोग गरी कीर्ते नागरिकता वितरण गर्ने कर्मचारीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रशासन कार्यालय गौरीगञ्जका कार्यालय प्रमुख ३७ वर्षीय धनञ्जयकुमार साह, सोही कार्यालयका कार्यालय सहयोगी २४ वर्षीय आसिर आलम र गौरादह–७ का ५९ वर्षीय कृष्णप्रसाद तिम्सिनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । उनीहरुले साविक जुरोपानी–८, हाल गौरादह नगरपालिका–७ स्थायी ठेगाना देखाएर अमृत राईलाई ०४–०६–७७–००५९१ नम्बरको नागरिकता, दीपिका राईलाई ०४–०६–७७–००५९२ नम्बरको नागरिकता र विशाल राईलाई ०४–०६–७७–००५९३ नम्बरको नागरिकता वितरण गरेको पाइएको प्रवक्ता थापाले बताउनुभयो ।
“वितरण गरिएको नागरिकताको नागरिकतासम्बन्धी कुनै पनि अभिलेख इलाका प्रशासन कार्यालय गौरीगञ्जमा छैन”, उहाँले भन्नुभयो, “नागरिकतासम्बन्धी सफ्टवेयरको प्रयोग गरी नागरिकता कीर्ते गरेको हुनसक्ने भएकाले नियन्त्रणमा लिइएको हो ।” प्रारम्भिक अनुसन्धानका क्रममा उल्लेखित नागरिकता प्राप्त गर्ने व्यक्ति नागरिकतामा उल्लेख भएको ठेगानामा नरहेको र कार्यालयको सफ्टवेयर प्रयोग गरी नागरिकता वितरण गरेपछि उक्त विवरण ‘इडिट’ ९सच्याएर० गरी पुनः विभिन्न मितिमा सोही नम्बरका नागरिकता अन्य व्यक्तिलाई वितरण गरिएको खुलेको उहाँले बताउनुभयो । साह, आलम र तिम्सिनालाई शनिबार पक्राउ गरी जिल्ला अदालतबाट नागरिकतासम्बन्धी कसुर मुद्दामा दिन पाँच दिन म्याद थपेर अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्