×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘लगानी, सहयोग र प्रविधि हस्तान्तरणलाई केन्द्रमा राखेर नेपाल र अमेरिकाबीच सम्बन्ध विकास गर्छु’ : खतिवडा (भिडियो)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

‘लगानी, सहयोग र प्रविधि हस्तान्तरणलाई केन्द्रमा राखेर नेपाल र अमेरिकाबीच सम्बन्ध विकास गर्छु’ : खतिवडा (भिडियो)

१५ पुष २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । अमेरिकाका लागि नेपालका राजदूत डा. युवराज खतिवडाले लगानी, सहयोग र प्रविधि हस्तान्तरणलाई केन्द्रमा राखेर नेपाल र अमेरिकाबीच सम्बन्ध विकास गर्ने बताउनु भएको छ । मंगलबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुसँगको भेटमा पूर्वअर्थमन्त्री समेत रहनु भएका राजदूत खतिवडाले द्विपक्षीय लगानी, सरकारी सहयोग र प्रविधि हस्तान्तरणको विषयलाई केन्द्रमा राखेर नेपाल–अमेरिकाबीचको सम्बन्ध विकास गर्न काम गर्ने बताउनुभएको हो । 
नेपालको कुनैपनि उत्पादनलाई अमेरिका निर्यात गर्ने सम्बन्धमा हाल कायम रहेका केही प्रावधानहरुलाई परिवर्तन गर्नुपर्ने भएकाले त्यसको लागि पहल गर्न समेत व्यवसायीहरुलाई आग्रह गर्नुभयो । आफू नेपाल र अमेरिकाबीच राजनीतिक रुपमा सद्भाव बढाउन प्रतिवद्ध रहेको पनि बताउनुभयो । तर कुनैपनि देशको बौद्धिक सम्पत्तिको सुरक्षा गर्ने विषयमा नेपाल प्रतिवद्ध भए लगानी भित्र्याउन कुनै कठिनाई नहुने पनि प्रष्ट पार्नुभयो ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा उत्पादन हुने बस्तुलाई अमेरिका निर्यात गर्ने वातावरण निर्माण गर्न आग्रह गर्नुभयो । अहिले अमेरिकाले नेपालबाट ७७ किसिमका बस्तुहरु लैजाने भन्ने रहेको तर ती बस्तुहरु नेपालमा उत्पादन नहुने भएकाले निर्यात नबढेको बताउनुभयो । नेपालको गार्मेन्ट उत्पादनलाई अमेरिकी बजारमा लैजान सके राम्रो हुने भएकाले त्यसमा पहल गर्न समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा व्यवसायीहरुले अमेरिकी लगानीसँगै प्रविधिलाई समेत नेपालमा भित्र्याउन पहल गर्न आग्रह गरेका छन् । नेपालको कृषि उत्पादनलाई गुणस्तरीय बनाई निर्यात बढाउन आवश्यक प्रविधि भित्र्याउने विषमा ध्यान दिनुपर्नेमा व्यवसायीहरुले जोड दिएका छन् । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस: