×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोहलपुरका गन्दर्भलाई गरियो बसोबासको व्यवस्था, भन्छन् – ‘घरको लालपुर्जा दिए अझै सजिलो हुन्थियो’ (भिडियो रिपोर्ट)

PRIME CA

कोहलपुरका गन्दर्भलाई गरियो बसोबासको व्यवस्था, भन्छन् – ‘घरको लालपुर्जा दिए अझै सजिलो हुन्थियो’ (भिडियो रिपोर्ट)

२ पुष २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
बाँके । बाँकेको कोहलपुर नगरपालिका भित्र रहेका गन्दर्भ समाजका मानिसहरुलाई बस्ने घरको व्यवस्था गरिएको छ । नगरपालिका र तराई समृद्धि विकासको आर्थिक सहयोगमा स्थानीय उपभोक्ता समितिले घर निर्माणको काम गरीरहेका छन् । पहिलो चरणमा २४ घर मध्ये १० घर निर्माण भई गन्दर्भ समुदायलाई हस्तान्तरण समेत भइसकेको छ । 
नगरपालिकाको डुडुवा नहरको छेउमा रहेको गन्दर्भ बस्तिलाई नगरपालिकाकै वडा नं. ११ मा सारिएको छ । तराई समबृद्धि विकास र नगरपालिकाको सहयोगमा १ करोड २० लाख रुपैयाँ लगानीमा १० वटा घर बनाई गन्दर्भहरुलाई उपलब्ध गराएको छ । दोस्रो चरण अन्तर्गत ९० लाख ५८ हजार ८ सय २८ रुपैयाँ ९० पैसा लागतमा थप १० घर निर्माण गर्न लागिएको नगरपालिकाका मेयर लुटबहादुर रावतले बताउनुभयो ।
सरकारले गन्दर्भ समाजका लागि घर बनाउन उपभोक्ता समितिलाई जिम्मेवारी दिएको छ । तर उपभोक्ता समितिले व्यवस्थित तरिकाले घर निर्माण नगरिदिदा समस्या भएको गन्दर्भहरु बताउँछन् । पहिलो चरणमा बनेका १० ओटा घरको शौचालयको स्याफ्टी ट्यांकी एउटै भएकाले झनै समस्या भएको गुनासो उनीहरुको छ । तरपनि घर नै नभएकाहरुका लागि सरकारले घर बनाइदिएपछि भने उनीहरु खुशि देखिन्छन् । समुदायका सबै परिवारले छिट्टै घर पाउने आशामा उनीहरु छन् ।
अहिले गन्दर्भ समाजलाई घरको खाँचो छ । त्यसैले स्थानीय सरकारले घर बनाईदिएको छ । गन्दर्भहरु भने सरकारले घर बनाईदिएर मात्रै नपुग्ने बताउँछन् । आफूहरुलाई घरको लालपुर्जा समेत उपलब्ध गराईदिए सहज हुने उनीहरुको भनाई छ । बसोबासको समस्यामा रहेका स्थानीय गन्दर्भहरुले घर पाएपछि खुशि देखिन्छन् । यस्तै उनीहरुले स्थानीय तहबाट सीपमुलक कार्यक्रम पाउन सके जीविकोपार्जनका लागि समेत सहज हुने बताउँछन् । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस: