×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृषि विकास बैंक र जनकपुर एग्रो फार्मबीच सम्झौता, ६ लाख कुखुरा फार्मले कर्जा पाउने

PRIME CA
GLOBAL IME BANK

कृषि विकास बैंक र जनकपुर एग्रो फार्मबीच सम्झौता, ६ लाख कुखुरा फार्मले कर्जा पाउने

५ पुष २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कृषि विकास बैंकको अगुवाइमा ६ लाख कुखुरा फार्मले कर्जा पाउने भएका छन् । बैंकले करीब २ अर्ब लगानीमा ६ लाख लेयर्स कुखुरा फार्म स्थापना गर्न लागेको जनकपुर एग्रो फार्मलाई कर्जा प्रवाह गर्ने भएको हो । जनकपुर एग्रो फार्मले बायो ग्यास अर्गानिक मल उत्पादन गर्ने उद्देश्यसहित उक्त फार्म स्थापना गर्न लागेको हो ।
जनकपुर एग्रो फार्मका लागि कृषि विकास बैंकको अगुवाइमा सहवित्तीयकरण कर्जा अन्तर्गत नेपाल बैंकसहितको कर्जा प्रवाहका लागि तीन कम्पनीबीच सम्झौता भएको छ । उक्त सम्झौता कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय, नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र उक्त फार्मका अध्यक्ष खुमा प्रसाद अर्याल समेतको उपस्थितिमा भएको हो ।
उक्त कार्यक्रममा बैंकका तर्फबाट उपमहाप्रबन्धक प्रताप सुवेदी, विभागीय प्रमुख बाबु काजी थापा लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । उक्त कर्जा लगानीबाट जनकपुर धनुषाधाम लगायतका पूर्वी क्षेत्रमा कुखुराको मासु तथा अण्डा उत्पादनमा आत्मनिर्भर हुन गई आयत प्रतिस्थापनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने देखिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: