- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त भएको छ । जससंगै अब वोमीको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी गर्ने, सेयर लागत अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु कुमारी क्यापिटलले गर्नेछ । यसअघि वोमीको सेयर रजिष्ट्रारको काम सिद्धार्थ क्यापिटलमार्फत हुँदै आएको थियो ।