×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लुम्बिनी विकास बैंकको साधारणसभा पुस २६ गते, १०% लाभांश पारित गर्ने विशेष प्रस्तावसहित यस्ता छन् अन्य एजेन्डा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

लुम्बिनी विकास बैंकको साधारणसभा पुस २६ गते, १०% लाभांश पारित गर्ने विशेष प्रस्तावसहित यस्ता छन् अन्य एजेन्डा

६ पुष २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । लुम्बिनी विकास बैंकको वार्षिक साधारणसभा पुस २६ गते हुने भएको  छ । सभा बैंककै केन्द्रीय कार्यालय डिल्लीबजारमा बिहान ११ बजे हुने भएको हो । बैंकले सभामा १०% लाभांश पारित गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ । 
यस्तै कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जाने सम्झौता गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि रहेको छ । साथै आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७७–७८ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: