
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । माछापुच्छ्रे बैंक र एशोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपालसंग आवद्ध सदस्य वा सदस्यहरुद्धारा संचालित उद्यमीहरुलाई सहुलियत कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा एशोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपालको तर्फबाट अध्यक्ष वद्री प्रसाद दाहाल तथा माछापुच्छ्रे बैंकको तर्फबाट संस्थागत तथा पूर्वाधार कर्जा लगानी प्रमुख सुभाष जमरकट्टेलले हस्ताक्षर गरे ।
सम्झौतापश्चात एशोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपालसंग आवद्ध सदस्य वा सदस्यहरुद्धारा संचालित उद्यमीहरुलाई माछापुच्छ्रे बैंकले न्यूनतम रु. १ लाखदेखि अधिकतम रु. १५ लाखसम्मको सहुलियत कर्जा उपलब्ध गराउने छ । साना व्यवसायीहरुको मनोबल बृद्धि गरि स्वदेशमै आत्मनिर्भरता बढाउने तथा कोभिड १९ ले सिर्जित विषम परिस्थितीका कारण विगत लामो समय देखि बन्द रहेका स्कुल तथा अन्य व्यवसायहरु विस्तारै खुल्दै जान थालेको अवस्थामा व्यवसायहरुलाई पुर्नजिवन प्रदान गर्न उद्धेश्यले बैंकले उक्त सम्झौता गरेको हो ।
बैंकले १६० वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २९८ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएसमार्फत ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्