×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘राज्यले नवप्रवर्तन उद्योगलाई प्राथमिकता नदिँदा आर्थिक विकासको गति कमजोर भयो’ : माधवकुमार नेपाल (भिडियो)

PRIME CA
GLOBAL IME BANK

‘राज्यले नवप्रवर्तन उद्योगलाई प्राथमिकता नदिँदा आर्थिक विकासको गति कमजोर भयो’ : माधवकुमार नेपाल (भिडियो)

२४ मंसिर २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले राज्यले नवप्रवर्तन उद्योगलाई प्राथमिकता नदिंदा आर्थिक विकासको गति कमजोर भएको बताउनुभएको छ । नवप्रवर्तन उद्योगहरुमा पूँजीको व्यवस्थापन र बजारको पहुँच विकास गर्न सरकारले सहयोग गर्नुपर्ने बेला आएको पनि पूर्वप्रधानमन्त्री नेपालले बताउनुभयो । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले नवप्रवर्तन उद्योगहरुलाई उत्पादनसँग जोडेर अगाडि बढ्ने विषयमा राज्यले तालमेल मिलाउन नसकेको पनि बताउनुभयो । 
साना तथा घरेलु उद्यमीहरुलाई प्रोत्साहन गर्ने कुरामा राज्यले जिम्मेवारी लिनुपर्ने समेत उहाँले बताउनुभयो । कृषि उत्पादनमा राज्यले सहयोग गरी बजारमा सुपथ मूल्यमा वस्तु पु¥याउने विषयमा समेत राज्यले ध्यान दिनुपर्नेमा नेपालले जोड दिनुभयो । नवप्रवर्तन उद्योगहरुमा पूँजीको परिचालन गरी उत्पादन बढाउँदै आयातित वस्तुहरुलाई विस्थापित गर्ने तर्फ अर्थतन्त्रलाई उन्मुख गर्नुपर्ने उहाँको भनाई छ । यसबाहेक नागरिकस्तरमा स्वदेशी वस्तुको उपभोग गर्नुपर्छ भन्ने भावना जाग्रित गर्न समेत सकरारले भूमिका खेल्नुपर्ने बताउनुभयो ।
नवप्रवर्तन उद्योगको पूँजी र बजारलाई एकसाथ व्यवस्थापन गर्ने कुरामा राज्यको सहयोग अपरिहार्य भएको पनि पूर्वप्रधानमन्त्री नेपालले बताउनुभयो । नेपालको अर्थतन्त्रको प्रमुख आधार कृषि भएकोले त्यसमा आधारित उद्योग व्यवसायको प्रवर्धनमा जोड दिनुपर्ने पनि उहाँको भनाई छ । जनसंख्याको सबैभन्दा ठूलो हिस्सा अहिलेपनि कृषिमा निर्भर रहेकोले कृषिमा आधारित अर्थतन्त्रलाई नै प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो । किसानले उत्पादन गरेका सबै वस्तुको विक्री हुने ज्ञारेन्टी सरकारले लिएमा व्यवसायिक कृषि उत्पादन तर्फ युवाहरुको आकर्षण बढ्ने पनि पूर्वप्रधानमन्त्री नेपालले बताउनुभयो । यसबाट रोजगारी बढ्न गई देशको अर्थतन्त्रले गति लिने विश्वास पनि व्यक्त गर्नुभयो । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: