Skip to content
LAXMI SUNRISE BANK

महालक्ष्मी विकास बैंकको ‘भिसा कन्ट्याकलेस कार्ड’ सेवा संचालनमा, ग्राहकहरुलाई थप सजिलो

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । महालक्ष्मी विकास बैंकले भिसा कन्ट्याकलेस कार्ड सेवा सञ्चालनमा ल्याएको छ । भिसा कन्ट्याकलेस कार्ड नियर फिल्ड कम्युनिकेशन (एनएफसी) मा आधारित प्रविधि हो । जसमा प्रत्यक्ष स्पर्श नगरिकन सरल तथा छरितो तरिकाले पीओएस टरमिनलबाट रकम भुक्तानी गर्न सकिन्छ ।
महालक्ष्मी विकास बैंक भिसा कन्ट्याकलेस कार्ड सुविधा सञ्चालनमा ल्याउने विकास बैंकहरु मध्ये प्रथम बैंक हो । यस कार्डको प्रयोगबाट विश्वभर फैलिएको कोभिड-१९ को संक्रमण रोकथाम र नियन्त्रणमा विशेष सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले नयाँ प्रविधिको सुरुवात गरी आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ अनुभव दिन खोजेको जनाएको छ ।
देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकको ग्राहक संख्या करिब पाँच लाख रहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK