×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मनकामना केबलकार सेवा पुनः सञ्चालनमा, टिकट डिजिटल माध्यमबाट पनि खरिद गर्न सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मनकामना केबलकार सेवा पुनः सञ्चालनमा, टिकट डिजिटल माध्यमबाट पनि खरिद गर्न सकिने

Artha Sarokar

२९ मंसिर २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । करिब ९ महिनादेखि बन्द रहेको मनकामना केबलकार सेवा पुनः संचालनमा आएको छ । मनकामना मन्दिर क्षेत्र विकास समितिको अगुवाईमा बसेको बैठकले बजार, मन्दिर र केबुलकारको संयुक्त निर्णय अनुसार आईतबारदेखि केबलकार संचालनमा आएको हो । आइतबार विहान ९ बजेदेखि संचालनमा ल्याइएको केबलकारमा बिहान ७ बजेदेखि नै यात्रु तथा भक्तजनहरु अत्यन्त उत्साहका साथ गेटमा आई लाईनमा बसि सकेका थिए । लामो समयदेखि बन्द रहेको मनकामना मन्दिर र बजार खुलेसंगै केबुलकारबाट मन्दिर दर्शन गर्न जाने भक्तजनहरुको भीड लागेको हो ।
केबलकारले यात्रुहरुलाई पूर्ण रुपमा स्वास्थ्य मापदण्ड अपनाएर संचालनमा ल्याइएको छ । जसअन्तर्गत केबुलकारको दुबै स्टेशनमा ज्वरो मापन, मास्क अनिवार्य, लाईनमा बस्दा भौतिक दुरी, हात धुने आदि व्यवस्था मिलाईएको छ । केबुलकार सेवा क्षमताको ५० प्रतिशत (प्रति घण्टा ३३० जना) यात्रुलाई सेवा दिइने र तत्पश्चात् स्वतः प्रवेश बन्द गरिने समेत जनाएको छ ।
कोरोनापछि खुलेको केबलकार बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म संचालन गरिनेछ । तर शनिबारको दिन दर्शनार्थीहरुको चाप बढी भएमा विहान ८ बजेदेखि नै संचालनमा ल्याइने समेत ल्याईने केबुलकारले जनाएको छ । केबुलकार खुलेसंगै मनकामना क्षेत्र आसपासका व्यापार व्यवसायमा समेत चहलपहल देखिन थालेको छ । केबुलकारले कोरोना संक्रमणलाई ध्यानमा राख्दै नगदरहित कारोबारको लागि ई–सेवा, फोन–पे आदि जस्ता सेवा प्रदायक कम्पनीसंग सम्झौता गरी सकेको हुँदा यात्रुले केबुलकारको टिकट डिजिटल माध्यमबाटै खरिद गर्न सक्ने जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी