×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नवनियुक्त खानेपानी मन्त्री थापाले सम्हाले जिम्मेवारी, ७७ वटै जिल्लामा खानेपानीको अवस्थाबारे अध्ययन गर्ने प्रतिवद्धता (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नवनियुक्त खानेपानी मन्त्री थापाले सम्हाले जिम्मेवारी, ७७ वटै जिल्लामा खानेपानीको अवस्थाबारे अध्ययन गर्ने प्रतिवद्धता (भिडियो)

Artha Sarokar

१२ पुष २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । नवनियुक्त खानेपानी मन्त्री मणिचन्द्र थापाले देशका ७७ वटै जिल्लामा खानेपानी तथा सरसफाईको अवस्था अध्ययन गर्ने निर्णयमा हस्ताक्षर गरेर मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको छ । आइतबार खानेपानी मन्त्रालयमा मन्त्रीको जिम्मेवारी सम्हाल्दै थापाले देशभरी ७७ वटै जिल्लामा खानेपानी तथा सरसफाइको अवस्था अध्ययन गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको हो । 
कार्यभार सम्हाल्दै मन्त्री थापाले देशको समृद्धि, स्थायित्व तथा स्थायी सरकारको विषय मुख्य भएकाले देशलाई स्थिरतातर्फ लैजान कोसिस गर्ने बताउनुभयो । उहाँले स्थिरता र समृद्धिको बाहकको रुपमा स्थायी सरकार बनाउन जरुरी रहेको पनि बताउनुभयो । मन्त्री थापाले मन्त्रालयको काममा आफ्नो तर्फबाट कुनै प्रकारको दबाब नहुने बताउनुभयो । देखापर्ने समस्यालाई आपसी सहकार्य र अन्र्तक्रियाबाट समाधान गर्न सकिनेमा जोड दिनुभयो । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी