×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मञ्जुश्री फाइनान्सले बोलायो साधारणसभा, २३.५०% लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिने, बुक क्लोज कहिले ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

मञ्जुश्री फाइनान्सले बोलायो साधारणसभा, २३.५०% लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिने, बुक क्लोज कहिले ?

९ पुष २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । मञ्जुश्री फाइनान्सले १३औँ वार्षिक साधारणसभा पुस २९ गते डाकेको छ । संस्थाले २३.५०% लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ । सभा संस्थाको केन्द्रिय कार्यालय नयाँ बानेश्वरमा बिहान ११ बजे हुने भएको हो ।  
संस्थाले सभामा आर्थिक वर्ष २०७६–७७ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पनि छ । यस्तै आर्थिक वर्ष २०७७–७८ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा समेत राखिएको छ । सभाका लागि संस्थाले पुस १५ गते बुक क्लोज गर्ने भएको छ । पुस १४ गतेसम्म कायम सेयरधनीले नगद लाभांश पाउनेछन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: