×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मन्त्रालयको पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्रीहरुले के भने ? कस्ता-कस्ता योजना बनाए ? (भिडियो रिपोर्ट)

PRIME CA
GLOBAL IME BANK

मन्त्रालयको पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्रीहरुले के भने ? कस्ता-कस्ता योजना बनाए ? (भिडियो रिपोर्ट)

१३ पुष २०७७, सोमबार

पढ्न लाग्ने समय: < २ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । शुक्रबार नियुक्त भएका नेपाल सरकारका नवनियुक्त मन्त्रीहरुले सरकारको मुख्य काम प्रतिनिधी सभाको निर्वाचन गर्ने रहेको बताएका छन् । आइतबार आ–आफ्नो मन्त्रालयमा जिम्मेवारी सम्हाल्दै सरकारले घोषणा गरेको प्रतिनिधि सभाको निर्वाचन सफल पार्नु तथा देशमा स्थिरता, स्थायित्व कायम गर्नु सरकारको प्रमुख कार्यभार रहेको बताएका हुन् । 
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले देशको राजनीतिक प्रणालीलाई बचाउनको निम्ति आफु सरकारमा आउनुपरेको बताउनुभयो । देशको राजनीतिक प्रणाली नै धरासयी भई अराजकतातर्फ जाने सम्भावना भएकोले देशको प्रणालीलाई बचाउनको निम्ति आफु मन्त्रीको रुपमा मन्त्रालयमा आउनुपरेको बताउनुभयो । मन्त्री रायमाझीले राजनीतिक प्रणालीलाई निरन्तरता दिनको लागि र देशमा स्थिरताका लागि मध्यावधि निर्वाचनमा जानु अनिवार्य आवश्यकता रहेको बताउनुभयो । यस्तै मन्त्री रायमाझीले कुनैपनि वैदेशिक लगानीलाई अस्वीकृत गर्न नहुने भन्दै एमसीसीलाई लागू गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

टोपबहादुर रायमाझी, मन्त्री, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
शहरी विकास मन्त्री प्रभु साहले पनि सरकारको पहिलो प्राथमिकता प्रतिनिधि सभा निर्वाचन गर्नु रहेको बताउनुभएको छ । शहरी विकास मन्त्रालयले निर्वाचन केन्द्रीत काम गर्ने उहाँको भनाई छ । यस आर्थिक वर्षको बजेट आइसकेको र मन्त्रालयले पनि कार्यक्रम निर्धारण गरिसकेको अवस्थामा मन्त्रालयले त्यसैलाई प्रभावकारी रुपमा अगाडी बढाउने मन्त्री साहले बताउनुभयो । सरकारको मुख्य कार्यभार निर्वाचन प्रभावकारी बनाउनु भएकोले तोकिएकै समयमा निष्पक्ष रुपमा निर्वाचनमा केन्द्रीत हुने मन्त्री साहको भनाई छ ।
प्रभु साह, मन्त्री, शहरी विकास मन्त्रालय
खानेपानी मन्त्री मणिचन्द्र थापाले देशको समृद्धि, स्थायित्व तथा स्थायी सरकारको विषय मुख्य भएकाले देशलाई स्थिरतातर्फ लैजान कोसिस गरिरहेको बताउनुभयो । उहाँले स्थिरता र समृद्धिको बाहकको रुपमा स्थायी सरकार बनाउन जरुरी रहेको पनि बताउनुभयो ।
मणिचन्द्र थापा, मन्त्री, खानेपानी मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले सरकारमा रहेर अतिरिक्त सुविधा र पैसा आर्जन गर्नु आफ्नो उद्देश्य नभएको बताउनु भयो । मन्त्री ढकालले स्वाभिमान र इमानलाई बन्धक राखेर अतिरिक्त सुविधा र पैसा आर्जन गर्ने राजनीतिक उद्देश्य नराखेको बताउनुभएको हो । राज्यलाई दोहन गरेर राज्यबाट के पाउँछु भन्दापनि राज्यलाई समृद्ध बनाउन तर्फ सबैले सोच्नुपर्ने पनि मन्त्री ढकालले बताउनुभयो ।
भानुभक्त ढकाल, मन्त्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
युवा तथा खेलकुद मन्त्री दावा तामाङले खेल क्षेत्रका विज्ञ व्यक्तित्व र खेल क्षेत्रमा जीवन बिताएका खेलाडी र विज्ञसँग परामर्श गरेर खेलकुद क्षेत्रमा परिणाममुखी योजनाका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
दावा लामा, मन्त्री, युवा तथा खेलकुद मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले सबै नागरिकलाई निःशुल्क कोरोना भ्याक्सिन उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो । यस्तै कुनैपनि स्वास्थ्य सामग्री खरिदमा आफ्नो कार्यकालमा अपारदर्शी काम हुन नदिने पनि मन्त्री त्रिपाठीले बताउनुभयो । खरिद प्रक्रियामा आफुलाई प्रभावित पार्न खोजे हस्ताक्षर नै नगर्ने समेत उहाँको भनाई छ ।
हृदयेश त्रिपाठी, मन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा कुमारी अर्यालले समृद्ध नेपाल निर्माणका लागि उर्जाशिल जनशक्तिलाई कृषि क्षेत्रमा आकर्षित गर्नुपर्ने बताउनुभएको छ । कोभिडका कारण विदेशबाट फर्किएका उर्जाशिल जनशक्तिलाई कृषि क्षेत्रमा आकर्षित गर्न विभिन्न कार्यक्रमहरु ल्याउुनुपर्ने दायित्व मन्त्रालयको भएको बताउनुभयो । मन्त्री अर्यालले रासायनिक मलको विषयमा किसानहरुको मागलाई सम्बोधन गरी सधैका लागि समस्या समाधान गरिने पनि बताउनुभयो । त्यसका लागि सात वटै प्रदेशमा २५ हजार मेट्रिक टन क्षमताको रासायनिक मल भण्डारको स्थापना गर्ने समेत मन्त्री अर्यालले बताउनुभयो ।
पद्माकुमारी अर्याल, मन्त्री, कृषि तथा पशुपन्छी विकास मन्त्रालय
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रीपरिषद् पुर्नगठन गर्नुभएको थियो । केही नयाँ मन्त्री नियुक्त भएका छन् भने केहीलाई मन्त्रालय हेरफेर गरिएको छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: