- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले सेयरधनीहरुलाई १५.७९% लाभांश दिने घोषणा गरेको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १५% बोनस र कर प्रयोजनार्थ ०.७९% नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र सेयरधनीले पाउनेछन् ।