
- अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । ग्रील तथा स्टील व्यवसायीहरुले ग्रील जन्य फलामको मूल्य अस्वभाविक रुपमा बढेको बताएका छन् ।व्यवसायीहरुको छाता संगठन ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालले शनिबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरुले ग्रील जन्य फलामको मूल्य अत्याधिक अनियन्त्रीत र अस्वभाविक रुपमा बढेको बताएका हुन् । जसका कारण व्यवसाय नै धारासायी हुने स्थीतिमा पुग्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
कार्यक्रममा महासघका केन्द्रीय अध्यक्ष मोहन कटुवालले कोभिड १९ को कारण बन्दभई मारमा परेका उद्योगहरु बिस्तारै सञ्चालनमा आउन नपाउदै ग्रील जन्य फलाम र निर्माण सामाग्रीको अनियंत्रित रुपमा भएको उच्च मूल्य वृद्धिले सम्पूर्ण ग्रील उद्योग बन्द हुने अवस्थामा पुगेको बताउनुभयो । अन्तर्राष्ट्रिय बजारमा फलामको कच्चा पदार्थ ब्लेडको मूल्यमा भएको बृद्धि भन्दा नेपाली बजारमा दोब्बर मूल्य बढेको उहाँको भनाई छ । केही सिमित उध्योगीको आपसी मिलेमतोमा ग्रीलजन्य फलामको मूल्य बढाइएको पनि अध्यक्ष कटुवालले बताउनुभयो ।
ग्रील जन्य फलामाको मूल्य अस्वभाविक रुपमा बढ्दा कोरोनाको संक्रमणका कारण प्रभावित आम उपभोक्ता समेत मारमा परेको अध्यक्ष कटुवालले बताउनुभयो । यसबाट देशभरी सञ्चालित ११ हजार भन्दा बढी ग्रील उध्योग बन्द हुने जोखिममा रहेको पनि उहाँले बताउनुभयो । यस्तै करिब १ लाख ६० हजार श्रमिक र तिनमा आश्रित १५ लाख ब्यक्तिको रोजगारी गुम्ने पनि अध्यक्ष कटुवालले बताउनुभयो ।
बजारमा देखिएको अस्वभाविक मूल्य बृद्धिको अनुगमन गरी उचित कारबाही चलाउन सरकारको ध्यानाकर्षण समेत गराउनुभयो । व्यवसायीहरुले पछिल्लो दुई महिनामा मात्रै ग्रीलजन्य फलामको मूल्य प्रतिकिलो ६० प्रतिशत भन्दा धेरैले बढेको बताएका छन् । नेपालमा ग्रील व्यवसायले मात्रै वार्षिक ५० अर्ब बढीको ग्रील जन्य सामग्रीहरुको उत्पादन गर्दै आएका छन् । हेर्नुहोस् भिडियो :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्