
- अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । चिनी मिलबाट आफुहरुले पाउनुपर्ने भुक्तानी दिलाइदिने जिम्मेवारी सरकारले नलिदासम्म आन्दोलन जारी राख्ने उखु किसानहरुले बताएका छन् । उखुको बक्यौता रकम नपाएको भन्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका उखु किसानहरुले चिनी मिल सञ्चालकबाट बक्यौता रकम भुक्तानी दिलाइदिने जिम्मेवारी सरकारले नलिएसम्म आन्दोलन जारी राख्ने बताएका हुन् । सरकारसँग आज (सोमबार) दिउसो २ बजे छलफल हुन लागेको र किसानहरुले उखुको बक्यौता रकम भुक्तानी दिलाईदिने जिम्मेवारी लिन आग्रह गर्ने बताएका छन् ।
चिनी मिल सञ्चालक र सरकारले पटक पटक झुटो आश्वासन दिएकाले यसपटक सरकारले मिति तोकेर भुक्तानीको जिम्मा लिए आन्दोलनको स्वरुप फेर्न सकिने किसानहरुले बताएका हुन् । उखु किसान संघर्ष समितिका । सचिव गोपाल यादवले किसानको खातामा पैसा नआउँदासम्म सरकारको भनाईमा ढुक्क हुन नसक्ने पनि बताउनुभयो । उहाँले सरकारले मिति तोकेर भुक्तानी दिलाईदिने जिम्मेवारी र्लि आन्दोलनको स्वरुप परिवर्तन गर्न सकिने बताउनुभयो । हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्