×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंक लिमिटेडका सेयरधनीहरुले ३५.२६ प्रतिशत लाभांश पाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नबिल बैंक लिमिटेडका सेयरधनीहरुले ३५.२६ प्रतिशत लाभांश पाउने

Artha Sarokar

८ पुष २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नबिल बैंक लिमिटेडका सेयरधनीहरुले लाभांश पाउने भएका छन् । बैंकको ६ गते बसेको ५५२औं संचालक समितिको बैंठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट लाभांश दिने घोषणा गरेको हो । सेयरधनीहरुले ३३.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.७६ प्रतिशत नगद लाभांश गरी कुल ३५.२६ प्रतिशत लाभांश पाउने भएका छन् । 
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र बैंकको आगामी ३६औं वार्षिक साधारणसभाको पारित गरेपछि मात्र बैंकका सेयरधनीहरुले पाउने भएका छन् । बैंकल आर्थिक वर्ष २०७६/७७ मा निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम ३ अर्व ४६ करोड रुपैया नाफा आर्जन गर्न सफल भएको छ । बैंकले जेथामा प्रतिफल १३.६१ प्रतिशत र प्रति सेयरआम्दानी ३६.१६ प्रतिशत रहेको छ । यसैगरी आफ्नो वासलात विस्तार गर्दै २ खर्ब ३८ अर्ब पुर्याएको छ । बैंकको संचालन नाफा ५ अर्ब ९ करोड रुपैया रहेको छ ।
आर्थिक वर्ष २०७५/७६ मा वित्तीय क्षेत्रबाट ठूला करदाताहरुमध्ये सबै भन्दा बढी आयकर बुझाउन सफल बैंकको रुपमा नबिल बैंक स्थापित भएको छ । यस बैंकले आधुनिकिकरणलाई आत्मसाथ गर्दै डिजी बैंकको अवधारणालाई समेत अवलम्बन गरेको छ । नबिल बैंकले १ सय १९ वटा शाखाहरु, १ सय ८५ वटा एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरुमार्फत सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालाहरुसंग संगै अघि बढ्ने विश्वास राखेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी