×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

३५.२६% लाभांश पारित गर्न नबिल बैंकद्वारा पुस २९ गते वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

PRIME CA

३५.२६% लाभांश पारित गर्न नबिल बैंकद्वारा पुस २९ गते वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

८ पुष २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नबिल बैंकको पनि वार्षिक साधारणसभा पुस २९ गते हुने भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट घोषणा गरेको ३५.२६% लाभांश पारित गर्न पुस २९ गते वार्षिक साधारण सभा गर्ने भएको हो । सभा बैंकको केन्द्रीय कार्यालय दरबारमार्गमा बिहान १० बजेदेखि सुरु हुने बैंकले जनाएको छ । 
बैंकले सभामा प्रवन्धपत्र र नियमावलीको नियम संशोधन गर्ने प्रस्ताव पारित गर्ने एजेन्डा पेस गर्दैछ भने सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्ने बैंकले जनाएको छ । बैंकले सभाका लागि पुस १५ गते बुक क्लोज गर्ने भएको छ । जस अनुसार पुस १४ गतेसम्म कायम लगानीकर्ताले सो लाभांश पाउने छन्।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: