×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बन्दाबन्दीले ताप्लेजुङका एक युवकलाई उद्यमी बनाएपछी…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बन्दाबन्दीले ताप्लेजुङका एक युवकलाई उद्यमी बनाएपछी…

Artha Sarokar

२८ मंसिर २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

ताप्लेजुङ । कोरोना भाइरसका कारणले व्यवसाय जोखिम बनाएको समयमा नवीन लिम्बू सैलुन उद्यमी बन्नुभएको छ । पच्चीस वर्षीय उनी ताप्लेजुङको मिक्वाखोला खोक्लिङ गाउँका हुन् । बन्दको समयमा नवीनले आफूले चिनेका साथीकै सैलुुनमा बोलाएर कपाल काटिदिन थाल्नुभयो । उहाँमा सानैदेखि कपाल काट्ने रहर थियो । 
जापानीज भाषा प्रशिक्षण कक्षा बन्द भएपछि नवीनको समय साथीलाई बोलाएर कपाल काटिदिने दैनिकी हुन थाल्यो । लामो समय कोरोनाका कारणले बजार बन्दमा धेरै जनाको कपाल र दाह्री काट्न भ्याए । कपाल र दाह्री काटिदिएबापत उहाँले राम्रो पैसा हात पार्न थाल्नुभयो । विस्तारै विदेश जाने सपना फेरिन थाल्यो । उहाँ गत मङ्सिरको पहिलो हप्ता फुङ्लिङ बजारमा ६० हजार रुपैयाँबाट सैलुन खोल्न सफल हुनुभयो । अहिले तराई मुलको समुदायले सञ्चालन गरेको एक दर्जन जति सैलुन सञ्चालनमा छ । 
नवीन अहिले बिहानदेखि बेलुकीसम्म सैलुनमा कपाल काट्न व्यस्त छन् । उहाँ कपालसँगै दाह्री र कापाल रङ्ग लगाउने र फेसवाससमेत गर्ने गर्दछन् । कपाल काटेरै महिनाको खर्च कटाएर रु ३५ हजार कमाउँदै आएको उहाँ बताउनुहुन्छ । लाखौँ खर्च गरेर पढाइ सकेर पनि बेरोजगार बन्नेको हजारौँ सङ्ख्यामा छन् । जागिर खोज्दै नेताको पछि लाग्नेको सङ्ख्या पनि कम छैन । सानो लागानीमै विदेशमा पसिना बगाएर कमाएको जति आफ्नो परिवार सँगै बसेर कमाउन सकिन्छ भन्ने एक उदारणीय बनेका छन् नवीन । कम लगानीमा हातमा सीप भए विनालगानीमा पनि व्यवसाय सञ्चालन गरी राम्रो आम्दानी गर्न सकिने व्यवसाय भएको उहाँ बताउनुहुन्छ । 
उहाँको सैलुनमा दैनिक नयाँ ग्राहक बढ्दै गएको छ । व्यापार व्यवसाय अगाडि पढाउन पहिलो राम्रो बोलीचाली हुन आवश्यक भएको उहाँ बताउनुहुन्छ । राम्रो बोली र राम्रो व्यवहारले मात्र सम्बन्ध जोडिँदै जाने र राम्रो सम्बन्धले मात्र व्यवसाय सफल हुने उहाँको तर्क छ । समय पहिलो स्थानीय समुदायले सैलुन खोलेकामा युवा नेता डम्बर ओख्राबो खुशी व्यक्त गर्नुभयो । -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी