×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बीमा समितिको निर्देशन पछि नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले घटायो लाभांश, नगद घटायो, बोनस बढायो !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

बीमा समितिको निर्देशन पछि नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले घटायो लाभांश, नगद घटायो, बोनस बढायो !

१८ मंसिर २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रस्तावित लाभांश परिवर्तन भएको छ । कम्पनीको साउन ३० गतेको सञ्चालक समितिले प्रस्ताव गरेको १५ प्रतिशत नगद र २ दशमलव ५ प्रतिशत बोनस सेयर परिवर्तन भएको हो ।बीमा समितिले दिएको निर्देशन बमोजिम कम्पनीको संचालक समितिले बुधबार एक निर्णय गर्दै आफ्ना लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर मात्र वितरण गर्ने निर्णय गरेको हो । 
साथै बोनस सेयरमा लाग्ने कर रकम बापत ०.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । उक्त लाभांशलाई नियामक निकाय बीमा समितिको स्वीकृति पश्चात कम्पनीको आगामी दिनमा हुने साधारणसभाबाट पारित गराएर वितरण गर्ने भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: