×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेसनल माइक्रोफाइनान्सको १ लाख कित्ता संस्थापक समूहको सेयर लिलामीमा बिक्री खुला, कस-कसले पाउछन् किन्न ?

GLOBAL IME BANK
SHREE KESH

नेसनल माइक्रोफाइनान्सको १ लाख कित्ता संस्थापक समूहको सेयर लिलामीमा बिक्री खुला, कस-कसले पाउछन् किन्न ?

१७ मंसिर २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाको आज बुधबारदेखि संस्थापक समूहको सेयर बिक्री खुला भएको छ । संस्थाको १ लाख ४ हजार कित्ता संस्थापक समूहको सेयर बिक्री खुला भएको हो । संस्थाले प्रतिकित्ता न्यूनतम मूल्य ७२५ रुपैयाँमा यो सेयर बिक्री खुला गरेको हो भने न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
कम्पनीले गत असोज २ गतेबाट कात्तिक ६ गतेसम्म बिक्री खुला गरेको संस्थापक समूहको १ लाख १० हजार कित्तामा आवेदन नपरेपछि पुनः लिलामीमा ल्याएको हो । यो सेयर विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले खरिद गर्न सक्नेछन् । यसमा पुस १ गतेभित्र बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट, काठमाडौँमा पुग्नेगरी आवेदन दिनुपर्नेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: