×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बैंकसहित ८ संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कसको कहिले हुँदैछ साधारणसभा ? (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL

नेपाल बैंकसहित ८ संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कसको कहिले हुँदैछ साधारणसभा ? (विवरणसहित)

१५ पुष २०७७, बुधबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आज बुधबार ८ संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । नेपाल बैंक, कामना सेवा विकास बैंक र शाइन रेसुंगा डेभलपमेन्ट बैंक, साना किसान लघुवित्त साधना लघुवित्त, एनएमबि बैंक, सेन्चुरी बैंक र वरुण हाइड्रोपावरको सुरक्षित गर्ने अन्तिम दिन हो । यी संस्थाकोहरुको लाभांश पाउन आजसम्म सेयर किन्नु पर्नेछ ।
नेपाल बैंक 
नेपाल बैंकले पुस २९ गते बस्ने वार्षिक साधारण सभामा १२% बोनस सेयर र ४% नगद गरी कुल १६% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । जसका लागि बिहीबार (पुस १६ गते) बुक क्लोज हुने भएकाले बुधबारसम्म कायम सेयरधनीले मात्र लाभांश सुरक्षित गर्न सक्नेछन् ।
कामना सेवा विकास बैंक 
कामना सेवा विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट ४.४०% बोनस सेयर र कर प्रयोजनको लागि ०.२३% नगद लाभांश वितरण गर्न लागेको हो । पुस २९ गते हुने वार्षिक साधारण सभा प्रयोजनको लागि पुस १६ गते (बिहीबार) बाट सभा हुने दिनसम्म बुक क्लोज गर्दैछन् । जसअनुसार पुस १५ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताले उक्त प्रस्तावित लाभांश पाउनेछन् । 
शाइन रेसुंगा डेभलपमेन्ट बैंक
शाइन रेसुंगा डेभलपमेन्ट बैंकले गत वर्षको नाफाबाट १३% बोनस सेयर वितरण गर्दैछ । पुस २९ गते हुने वार्षिक साधारण सभा प्रयोजनको लागि पुस १६ गते (बिहीबार) बाट सभा हुने दिनसम्म बुक क्लोज गर्दैछन् । जसअनुसार पुस १५ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताले उक्त प्रस्तावित लाभांश पाउनेछन् । 

साना किसान लघुवित्त वित्तीय संस्था
साना किसान लघुवित्त वित्तीय संस्थाको पनि २६.३१५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । पुस २८ गते साधारण सभा बोलाएको कम्पनीले बिहीबार (पुस १६ गते) बाट सभा हुने दिनसम्म बुक क्लोज गर्दैछ । यसर्थ, आज (पुस १५ गते) सम्म कायम सेयरधनीले कम्पनीले वितरण गर्ने लाभांश सुरक्षित गर्न सक्नेछन् । 
साधना लघुवित्त वित्तीय संस्था
साधना लघुवित्त वित्तीय संस्थाको १८.९४७% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । पुस २९ गते साधारणसभा बोलाएको कम्पनीले बिहीबारबाट सभा हुने दिनसम्म बुक क्लोज गर्दैछ । जसअनुसार आजसम्म कायम सेयरधनीले कम्पनीले वितरण गर्ने लाभांश सुरक्षित गर्न सक्नेछन् । साधनाले गत वर्षको नाफाबाट १८% बोनस सेयर र कर तिर्नका लागि ०.९४७% नगद लाभांश वितरण गर्दैछ । 
एनएमबि बैंक
एनएमबि बैंकको १६.२०% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । पुस २९ गते साधारणसभा बोलाएको बैंकले बिहीबारबाट सभा हुने दिनसम्म बुक क्लोज गर्दैछ । जसअनुसार आजसम्म कायम सेयरधनीले बैंकले वितरण गर्ने लाभांश सुरक्षित गर्न सक्नेछन् । 
सेन्चुरी बैंक
सेन्चुरी बैंकको ७.५०% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । पुस २९ गते साधारणसभा बोलाएको बैंकले बिहीबारबाट सभा हुने दिनसम्म बुक क्लोज गर्दैछ । जसअनुसार आजसम्म कायम सेयरधनीले बैंकले वितरण गर्ने लाभांश सुरक्षित गर्न सक्नेछन् । 
वरुण हाइड्रोपावर
वरुण हाइड्रोपावरको ५.२६३%% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । पुस २६ गते वार्षिक साधारणसभा बोलाएको कम्पनीले बिहीबारबुक क्लोज गर्दैछ । जसअनुसार आजसम्म कायम सेयरधनीले कम्पनीले वितरण गर्ने लाभांश सुरक्षित गर्न सक्नेछन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी