×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बङ्गलादेश बैंकको ९८औं शाखा सप्तरीको राजविराजमा विस्तार, ८१ स्थानमा एटिएम सेवा !

LAXMI SUNRISE BANK
GLOBAL

नेपाल बङ्गलादेश बैंकको ९८औं शाखा सप्तरीको राजविराजमा विस्तार, ८१ स्थानमा एटिएम सेवा !

१९ मंसिर २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल बङ्गलादेश बैंकले शाखा बिस्तारको क्रममा सप्तरी जिल्लाको राजविराज नगरपालिका वडा नं ४ मा आफ्नो ९८औं शाखा संचालनमा ल्याएको छ । यस बैंकले मंसिर १८ गतेबाट सप्तरी जिल्लाको राजविराज शाखा उद्घाटन गरि औपचारिक कारोबार शुभारम्भ गरेको हो । उक्त शाखाको औपचारिक उद्घाटन राजविराज नगरपालिकाका मेयर शम्भु यादव तथा बैंकका प्रादेशिक प्रमुख बाल कृष्ण श्रेष्ठले संयुक्त रुपमा गरेका थिए ।
बैंकले सो क्षेत्रका सर्वसाधारणलाई सहज बैँकिङ्ग सेवा सुविधा प्रदान गर्ने उद्देश्यले आफ्नो शाखा संजालमा नयाँ शाखा विस्तार गरेको हो । साथै सो शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन् । राजविराज शाखा सहित बैंकले ९८ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिँदै आएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी