
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडको स्वामित्वमा रहेको एनआईबिएल एस क्याप्टिल लिमिटेडले निःशुल्क डिम्याट खाता तथा निःशुल्कमेरो सेयर दर्ता सुरु गरेको छ । कम्पनीले २०७७ पौष १ गते बुधबारदेखी लागू हुने गरी निःशुल्क डिम्याट खाता तथा निःशुल्क मेरो सेयर दर्ता सुरु गरेको हो ।
यो योजना सीमित अवधिको लागि मात्र भएकोले आजकै मिति बाट एनआईबिएल एस क्याप्टिल लिमिटेड लाजिम्पाट तथा यसका अन्य शाखा कार्यालयहरू तथा नेपाल ईन्भेष्टमेण्ट बैंकको देशभर रहेका कुनै पनि शाखा कार्यालयमा गई निःशुल्क डिम्याट खाता खोली मेरो सेयर पनि दर्ता गर्न सक्ने भएका छन् । यसका अतिरिक्त एनआईबिएल एस क्याप्टिल लिमिटेडले एकै दिनमा डिम्याट खाता तथा मेरो सेयर दर्ता प्रदान गर्ने प्रतिवद्धता समेत जनाएको छ ।
एनआईबिएल एस क्याप्टिल लिमिटेडसँग आवद्ध भई आफ्नो प्रतिकृया तथा सुझाव दिई सेवा प्रवाहमा सुधार ल्याउन मद्दत गर्ने सम्पूर्ण ग्राहकहरुलाई कृतज्ञत व्यक्त र्दै आगामी दिनहरुमा पनि सहज रुपमा आफ्ना ग्राहकहरुलाई भरपर्दाे सेवा प्रदान गर्ने प्रतिवद्धता पनि व्यक्त गरेको छ । ग्राहकहरुले कम्पनीको आधिकारीक वेवसाइट www.niblcapital.com. मा गएर थप जानकारी पनि लिन सक्ने भएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्