×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार ७.०४ अंकले बढ्यो नेप्से, ६ अर्ब ८६ करोड माथिको कारोबार हुँदा कसले कमाए ? कसले गुमाए ?

PRIME CA
GLOBAL IME BANK

बुधबार ७.०४ अंकले बढ्यो नेप्से, ६ अर्ब ८६ करोड माथिको कारोबार हुँदा कसले कमाए ? कसले गुमाए ?

८ पुष २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको चौंथो दिन बुधबार पनि सेयर बजार बढेको छ । मंगलबारको तुलनामा बजार ७.०४ अंकले बढेर २०६८.६५ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार यस अवधिमा २०३ कम्पनीको १ करोड १५ लाख ५८ हजार ९९१ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ८६ करोड २४ लाखमाथिको कारोबार भएको छ । 
आज सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको १ अर्ब ४३ करोड ४४ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेशनल लाइफ इन्स्योरेन्स र एनआइसी एसिया बैंकको भएको छ । आज ३ समूहबाहेक अन्य सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै नबिल बैंकका लगानीकर्ताहरुले कमाएका छन् भने नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: