
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सेयर बजारमा पुन: रौनकता छाएको छ । आइतबार १२३.३४ अंकले घटेपछि बजार आज एकाएक आफ्नै लयमा फर्किएको छ । आइतबारको तुलनामा बजार ७२.२८ अंकले बढेर २००४.३९ बिन्दुमा पुगेर बन्द भएको छ । यस अवधिमा २०६ कम्पनीको १ करोड १९ लाख २० हजार ८१९ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ६६ करोड ७९ लाखमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ । यस कम्पनीको १ अर्ब ५ करोडमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेपाल लाइफ इन्स्योरेन्स र नेपाल दुरसंचार कम्पनीको भएको छ । आज १२ वटै समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंक, रसुवागढी हाइड्रोपावर, बिशाल बजारका लगानीकर्ताहरुले कमाएका छन् भने एभरेष्ट इन्स्योरेन्सको प्रमोटर सेयरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्