×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्से सूचकसंगै कारोबार रकमसमेत खुम्चियो, हाइड्रोपावरमा भने लगानीकर्ताहरुको आकर्षण बढ्यो !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेप्से सूचकसंगै कारोबार रकमसमेत खुम्चियो, हाइड्रोपावरमा भने लगानीकर्ताहरुको आकर्षण बढ्यो !

Artha Sarokar

२४ मंसिर २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको चौंथो दिन बुधबार पनि सेयर बजार घटेको छ । मंगलबारको तुलनामा बजार ३९.६० अंकले घटेर १९५५.७५बिन्दुमा कायम भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार यस अवधिमा २०१ कम्पनीको १ करोड ८ लाख २१ हजार ९७२ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ७४ करोड ५६ लाखमाथिको कारोबार भएको छ । 
आज सबैभन्दा बढी कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ । यस कम्पनीको ४२ करोड ४२ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : अपर तामाकोशी र अरुण काबेली हाइड्रोपावरको भएको छ । आज हाइड्रोपावर समूहबाहेकका अन्य सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंक लगानीकर्ताहरुले कमाएका छन् भने हिमालयन उर्जा विकास कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी