
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार बढेको छ । बिहिबारको तुलनामा बजार ४६.४३ अंकले बढेर २०१०.४५ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार यस अवधिमा २०३ कम्पनीको ९० लाख ५० हजार १६ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ८९ करोड ९४ लाखमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको ६७ करोड १ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेपाल पुनर्बीमा कम्पनी र हिमालयन डिस्टिलरी कम्पनीको भएको छ । आज ३ समूहबाहेकका अन्य सबै समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै महुली सामुदायिक लघुवित्त, साधना लघुवित्त र नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले कमाएका छन् भने अपर तामाकोशीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्