
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा आज बजार ३.३५ अंकले बढेर २०००.४० विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल १९७ कम्पनीको १ करोड ८५ लाख ७६ हजार ७ सय ८ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ४० करोड ४१ लाखमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ । यस कम्पनीको कुल ६५ करोड ७९ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेपाल दुरसंचार कम्प र नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । कारोबारमा आएका ५ समूह बढेका छन् भने अन्य सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनी, रसुवागढी हाइड्रोपावर र अपर तामाकोशीका लगानीकर्ताहरुले कमाएका छन् । साथै एभरेष्ट इन्स्योरेन्सको प्रमोटर सेयरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्