
- अर्थ सरोकार सम्बाददाता
कैलाली । स्वस्थ प्रतिष्पर्धामा कोहि ठुलो, कोहि सानो, कोहि अघि वा कोहि पछी हुनु स्वाभाविक हो । तर कसैले बढी व्यापार गर्यो, वा उसले आफ्नो बिजनेशमाथि धावा बोल्यो भन्दैमा अस्वस्थ प्रतिष्पर्धामा उत्रिनु पक्कै ठिक होइन । तर कैलालीमा यस्तै भएको छ । कैलालीको धनगढीमा रहेको एनआईसी एशिया बैंकको शाखाले दिएको सेवा राम्रो नभएको भन्दै आक्रोशित ग्राहक बनेर बैंकमा ताला लगाइदिने, र कर्मचारी थुनिदिनेमध्येका एक व्यक्ति अर्का एक बैंकका मेनेजरका आफ्नै भाइ भएको खुलासा भएको छ । भूमि सुधार तथा मातपोत कार्यालय कैलालीस्थित एनआइसी एशिया बैंकको काउन्टरमा सेवा ढिलो भएको भन्दै बैंकका कर्मचारीलाई नै थुन्ने काम भएको थियो।
‘यो प्रकरणलाई ठुलो नबनाउनु भन्ने निर्देशन एनआइसी एशियाको प्रदेश प्रमुखबाट आएकाले, बैंकको ब्राण्डमा आघात नपुगोस् भनेर एनआइसी एशियाका साथीहरु चुप लाग्नुभएको छ । तर एनआइसी एशिया बैंकका कर्मचारी थुन्ने व्यक्तिमध्येका खास व्यक्ति नै अर्का एक बैंकको मेनेजरका भाइ हुन् ।’ एक बैंकरले अर्थ सरोकार डटकमसँग भने, ‘एनआइसी एशियाका कर्मचारीलाई कुन दिन थुन्छु’ भनेर बेलाबेलामा ती बैंकरले सार्वजनिक रुपमै अभिव्यक्ति दिने गरेका थिए ।
‘यस्तो थाहा पाएर किन प्रहरीसम्म गएन त प्रहरी ?’ भन्ने हाम्रो प्रश्नमा ती बैंकर भन्छन्, ‘केस सकियो, छोडौं भन्ने निर्देशन आएको रहेछ । तर व्यक्तिगत कुरालाई लिएर, वा संस्थागत प्रतिष्पर्धाको कुरालाई लिएर यसरी बैंकको ब्राण्डमा धावा बोल्नेगरी गरिएको काम ठिक भयो र ? यो विषय बुढी मरी भन्दा पनि काल पल्क्यो भन्ने पीर भएकोजस्तो भयो । सम्बन्धित बैंकका सीइओलाई समेत यस विषयमा जानकारी दिएका छौं । ‘
सेवामा समस्या हो ?’ हाम्रो प्रश्नमा उनले भने, ‘त्यो ठाउँनै अलि बढी भीडभाड हुने ठाउँ हो । एक्सटेन्सन काउन्टरमा केहि कर्मचारी हुन्छन् । रात दिन नभनी काम गरेका कर्मचारीहरुलाई यस्तो कामले गाह्रो बनाएको छ । न बैंकर्स संघ यस विषयमा बोल्छ । न हाम्रा आवाजहरु सुनिदिने कोहि छ । एनआइसी एशियाले राम्रो काम गर्यो भनेर डाहा गर्नेहरुले रचेको षड्यन्त्रमा केहि प्रतिष्ठित मिडियाहरु पनि पछी लागेको देख्दा अचम्म लागेको छ ।’ उनले भने ।
यता यस विषयमा आरोपित बैंकका मेनेजर र एनआइसी एशियाकै प्रतिनिधिहरुले भने बोल्न मानिरहेका छैनन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्