×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एशियाका कर्मचारी आत्महत्या प्रकरण: मर्नु अघि धिरज भन्थे, ‘बैंकमा खुब प्रेसर छ, यहि बेला उनको तनाव छ…’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनआइसी एशियाका कर्मचारी आत्महत्या प्रकरण: मर्नु अघि धिरज भन्थे, ‘बैंकमा खुब प्रेसर छ, यहि बेला उनको तनाव छ…’

Artha Sarokar

६ पुष २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
कन्चनपुर । एनआइसी एशिया बैंकका कर्मचारीले बैंककै भवनमा आत्महत्या गरेपछी अहिले यो प्रकरण चर्चामा छ । सिन्धुलीकमलामाइ नगरपालिका–१४ रानिबाँस घर भएका धिरज न्यौपानेले कन्चनपुरको शाखा रहेको भवनमा झुन्डिएर आत्महत्या गरेपछी उनको आत्महत्याबारे विभिन्न टिप्पणीहरु बजारमा चलिरहेका छन् । उनले सुसाइड नोटमा आफुले आफ्नो प्रेम असफल भएपछी आत्महत्या गरेको बताएका छन् । 
तर केहि मर्नु केहि दिन अघि उनले आफ्ना साथीहरुलाई बैंकमा खुब प्रेसर भएको र यहि बेला उनको (प्रेमिका)को तनाव रहेको भन्ने बताएको चर्चाले अहिले उनको मृत्युको कारण असफल प्रेम थियो वा बैंकको प्रेसर थियो भन्ने बहससमेत सुरु भएको छ ।  
आत्महत्याको कारण भने उनको टुटेको प्रेम भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ । उनको खल्ती बाट ‘सुसाईड’ नोट भेटिएको छ जसमा आफूले एक युवतीलाई साँचो प्रेम गरेको र प्रेममा असफल भए पछि आत्महत्या गरेको लेखिएको छ ।
तर उनका साथीहरुले भने उनी केहि समयअघिदेखि नै प्रेसरमा देखिएको बताएका छन् । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । अहिले उनको शवलाई पोस्टमार्टमको लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ भने आत्महत्या बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले बताएका छन् ।
उनको मृत्युपछी उनको आत्महत्याको कारण कतै असफल प्रेमसँगै कामको प्रेसर त थिएन ? भन्ने बहस सुरु भएको छ । प्रहरीले भने यस विषयमा अनुसन्धानपछी मात्र थाहा हुने बताएको छ ।
यो प्रकरणको सत्य तथ्य बुझ्न अर्थ सरोकारको टिम सम्बन्धित ठाउँमा पुगेको छ । हामी केहि दिनमा यस घटनाको ‘इन्साइड स्टोरी’ लिएर उपस्थित हुँदैछौं ।
https://arthasarokar.com/2020/12/Nic-Asia-Bank-.html
https://arthasarokar.com/2020/12/Dhiraj-.html
https://arthasarokar.com/2020/08/Sanaj-Khatiwada-5.html
https://arthasarokar.com/2020/08/Sunrise-B.html
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी