×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एसिया बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ, को हुन् ती धुन्दुकारी ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनआईसी एसिया बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ, को हुन् ती धुन्दुकारी ?

Artha Sarokar

२२ मंसिर २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । प्रहरीले एटीएम मेसिन फुटाईरहेको अवस्थामा एक युवकलाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–३२ मुनीभैरबस्थित रहेको एनआईसी एसिया बैंकको एटीएम फोड्दै गरेको अवस्थामा सिन्धुपाल्चोक बाह्रबिसे घर भई हाल काठमाडौँ बस्दै आएका १९ वर्षीय अनिल तामाङलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले आइतबार राति पक्राउ गरेको हो ।
रकम लुट्ने योजनाका साथ एटीएम मेसिन फुटाईरहेको अवस्थामा तामाङलाई पक्राउ गरिएको कोटेश्वर प्रभागका इन्सपेक्टर राजन लामाले बताए । तामाङले रकम निकाल्न भने सकेका थिएनन् । उनलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी