×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेका २ वटा कम्पनीको सेयर आजदेखि लिलामीमा ल्यायो, कुनको कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेका २ वटा कम्पनीको सेयर आजदेखि लिलामीमा ल्यायो, कुनको कति ?

Artha Sarokar

२५ मंसिर २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेका २ वटा कम्पनीको संस्थापक सेयर आज बिहीबारदेखि लिलामीमा बिक्री खुला गरेको छ । बैंकले नागरिक लगानी कोषको २ लाख २ हजार ५६० र नेसनल इन्स्योरेन्सको १ लाख २५ हजार ७२६ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा ल्याएको हो ।
लगानीकर्ताले नागरिक लगानी कोषको सेयरमा न्यूनतम २३ सय ६२ रुपैयाँ र नेसनलको सेयरमा न्यूनतम ५०५ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । उक्त लिलामीमा पुस १ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । एनआइसी एसिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट सो लिलामीमा आवेदन दिन सकिनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी