×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको इकाई बाँडफाँड, कसले कति पाए ? (विवरणसहित)

PRIME CA

एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको इकाई बाँडफाँड, कसले कति पाए ? (विवरणसहित)

२३ मंसिर २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गतको खुलामुखी योजना एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको इकाई बाँडफाँड गरिएको छ । उक्त फण्डको आज मंगलबार बाँडफाँड गरिएको हो । 
फण्डले मंसिर १२ गतेदेखि प्रति इकाई १० रुपैयाँका दरले ५ करोड इकाई बिक्रीमा ल्याएको थियो । १५ प्रतिशत अर्थात ७५ लाख इकाई कोष प्रवद्र्घक एनआईसी एशिया बैंकको लागि सुरक्षित राखी बाँकी ४ करोड २५ लाख इकाई बाँडफाँड गरिएको हो । सो फण्डको इकाईको लागि ७९ हजार ५१४ आवेदकहरुबाट ५ करोड ६० लाख १६ हजार ५७० इकाई माग आएको थियो । 
जसमध्ये १०० इकाईदेखि ५ लाख इकाईसम्म माग गर्ने आवेदकहरुलाई माग गरे बमोजिम इकाई वितरण गरिएको क्यापिटलले जनाएको छ । १० लाख इकाई देखि ५० लाख इकाईसम्म माग गर्ने आवेदकहरुलाई ६ लाख ६४ हजार ८२० इकाईका दरले बाँडफाँड गरिएको छ । बाँकी रहेको ५० इकाईको हकमा १० लाख १० इकाई देखि ५० लाख इकाई माग गर्ने ५ जना आवेदकहरुलाई पूनः १० कित्ता थप गरि कुल ४ करोड २५ लाख इकाई बाँडफाँड गरिएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: