Skip to content
LAXMI SUNRISE BANK

एनआइसी एसिया डाइनामिक डेब्ट फन्डमा आवेदन दिने आज अन्तिम मौका, ५० लाख इकाईसम्म आवेदन दिन सकिने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनआइसी एसिया क्यापिटलले गत शुक्रबारबाट बिक्रीमा ल्याएको एनआइसी एसिया डाइनामिक डेब्ट फन्डमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । क्यापिटलले ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई बिक्रीमा ल्याएको हो । जसमध्ये १५% (७५ लाख) इकाई बिज पुँजीबापत कोष प्रवद्र्धक एनआइसी एसिया बैंकलाई छुट्याइएको छ भने बाँकी ४ करोड २५ लाख इकाई सार्वजनिक रुपमा बिक्री खुला गरिएको हो । 
यस फन्डमा मंसिर १६ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त समयसम्म सबै इकाई बिक्री नभएमा मंसिर २६ गतेसम्म खुला रहनेछ । यसमा न्यूनतम १० देखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यस योजनामा प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन पाइनेछ । लगानीकर्ताले सी–आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटलले गरेको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK