
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना संस्थागत ग्राहक महानुभावहरूका निम्ति बैंक खाताबाटै विद्युतीय भुक्तानी गर्न सकिने ‘कर्पोरेट-पे’ प्रणालीको सुरुवात गरेको छ । यस सम्बन्धमा बैंकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) सँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।
बैंकले आफ्ना सम्पूर्ण संस्थागत ग्राहकलाई प्रदान गर्ने उक्त डिजिटल प्रणालीमार्फत संस्थागत ग्राहकले बैंकमा उपस्थित नभई रकम स्थानान्तरण, तलब भुक्तानी, भेन्डर भुक्तानी, सरकारी राजस्व भुक्तानी लगायत अन्य विभिन्न व्यावसायिक भुक्तानीहरू आफ्नो बैंकमा रहेको बैंक खाताबाट सजिलै गर्न सक्नेछन् । उक्त प्रणाली मार्फत कनेक्ट आईपीएस वा एनसीएचएल आईपीएस भुक्तानी कारोबारहरू गर्न सकिने सुविधा रहेको छ ।
यस ‘कर्पोरेट-पे’ प्रणाली सुरुवात गर्नका लागि ग्राहकले बैंकबाट आवश्यक प्रकृया पूरा गरी आवेदन दिन सक्नेछन् । यस प्रणाली सुरुवात गरेपश्चात् प्रयोगकर्ताहरू आफैले तोकिएको कारोबार सीमा भित्र कुनै पनि भुक्तानीहरू बैंकको प्रत्यक्ष संलग्नता बिना नै गर्न सक्नेछन् । यस प्रणालीको सुरक्षित प्रयोग गर्न मल्टीलेयर अथेन्टिकेशनको व्यवस्था गरिएको छ भने कुनै पनि कारोबार प्रविष्ट गर्न र स्वीकृत गर्न ग्राहक आफैले निर्धारण गरेको आधिकारिक प्रयोगकर्ताहरूले मात्र पाउने सुरक्षित बाटोको व्यवस्था गरिएको छ ।
साथै ग्राहकले आवश्यकता अनुरुप यस प्रणालीमा एक भन्दा बढी बैंक खाताहरू समेत आबद्ध (लिंक) गरी कारोबार गर्न सकिने सुविधा रहेको छ । यस प्रणालीको प्रयोगले बैंकको शाखामा नपुगी विभिन्न भुक्तानीहरू अनलाईनबाट नै गर्न सकिने हुँदा व्यावसायिक ग्राहकहरूलाई अझ सहज हुने बैंकको विश्वास रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्