×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एसिया लघुवित्त र स्वदेशी लघुवित्तबीच मर्जरका लागि अन्तिम सम्झौता, अध्यक्षद्धय ढकाल जोशीले गरे हस्ताक्षर

PRIME CA

एनआइसी एसिया लघुवित्त र स्वदेशी लघुवित्तबीच मर्जरका लागि अन्तिम सम्झौता, अध्यक्षद्धय ढकाल जोशीले गरे हस्ताक्षर

अर्थ सरोकार

प्रकाशित मिति : १२ पुष २०७७, आईतवार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनआइसी एसिया लघुवित्त र स्वदेशी लघुवित्तबीच मर्जरमा जाने सम्बधि अन्तिम सम्झौता भएको छ । नियामक निकाय नेपाल राष्ट्र बैंकबाट कात्तिक १९ गते सैद्धान्तिक सहमति पाएपछि यी संस्थाबीच पुस १० गते मर्जर सम्बन्धी अन्तिम सम्झौता भएको हो । 
सो सम्झौता पत्रमा एनआइसी एसिया लघुवित्तका अध्यक्ष कपिल ढकाल र स्वदेशीका अध्यक्ष लालमणि जोशीले हस्ताक्षर गरेका छन् । एनआइसीको कर्णाली प्रदेशको जाजरकोटमा रजिष्टर्ड कार्यालय र काभ्रेको बनेपामा कर्पोरेट कार्यालय छ । यता स्वदेशी लघुवित्तको भने सुनसरीको इटहरीमा रजिष्टर्ड कार्यालय छ । पुँजी वृद्धिका लागि दुवै संस्था मर्जरमा गएका हुन् । 
यी दुई संस्थाले गत साउन ३२ मा मर्जरमा जाने समझदारी गरेका थिए । मर्जरपछि एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कारोबार हुनेछ । एनआइसी लघुवित्तको १२० शाखा छन् भने स्वदेशीका ८५ शाखा छन् । मर्जरपछि कुल १९३ शाखा पुग्नेछ । मर्जरपछि संस्था देशकै सबैभन्दा ठूलो शाखा संजाल र चुक्ता पूँजी भएको लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: