×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

घटनास्थलबाट Ground Zero रिपोर्ट : सिद्धार्थ इन्स्योरेन्सको ‘डुब्लिकेट चाबी’ प्रयोग गरेर बैंकर धिरजले प्राण त्यागे… !

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
महेन्द्रनगर । आइतबार बिहान सिद्धार्थ इन्स्योरेन्सका ब्रान्च इन्चार्ज शंकर उप्रेती आफ्नो कार्यालय पुगे । कामको सिलसिलामा सो दिन अत्तरिया रहेका उनी धिरजका राम्रा साथी थिए । साथी यस कारण पनि थिए कि सिद्धार्थको ब्रान्च इन्चार्ज भएपनि उनलाई धिरजले खुब सहयोग गर्थे । केहि काम अर्हायो भनेपनि गरिदिन्थे । एनआइसी एशिया बैंकमा पियनको काम गर्ने भएपनि धिरज सबैका लागि साथीजस्तै थिए । सबैका प्यारा धिरज भाइ थिए । धेरैका सहयोगी धिरज दाइ थिए । 
अत्तरियाबाट महेन्द्रनगरस्थित आफ्नो कार्यालयमा आउँदा उप्रेतीले जीवनमा सोच्दै नसोचेको दृश्यको साक्षी हुनुपर्यो । आफ्नो कार्यालयको ताला खोलेर भित्रबाट लक गरी कोहि भित्र छ भन्ने छनक पाएपछी उनी केहिछिन छक्क परे। उनले ‘भित्र को छ हँ ?’ भनेर थुप्रै पटक सोधे तर जवाफ पाएन । ढोका ढकढकाए, तर कोहि बोलेन । त्यसपछि उनी झ्यालतिर गएर कार्यालयभित्र हेर्दा पो झसङ्ग भए, आफुले सार्है राम्रो मानेको ‘साथी’ पासोमा झुण्डीरहेको थियो । एनआइसी एशिया बैंक र इन्स्योरेन्स कम्पनीको कार्यालय उही भवनमा भएकाले चावी साटासाट हुन्थ्यो । धिरजसँग सिद्धार्थ इन्स्योरेन्सको कार्यालय इन्चार्जको कार्यालयको चाबी थियो । त्यहि चाबी प्रयोग गरेर उनले सिद्धार्थको कार्यालय खोले र पासो लगाए ।

त्यसपछि उप्रेतीले प्रहरीलाई फोन गरे । प्रहरीको टोली आयो र मुचुल्का उठायो । एनआइसी एशिया बैंकमा कार्यरत आफ्ना नजिकका सहयोगी भाइले आत्महत्या गरेको देखेपछी उप्रेतीको होस् हवास नै उड्यो एकपटक । आफ्नो निकै राम्रो साथी रहेका धिरजले संसार छोड्यो भन्ने कुरा पत्याउनै सकेका छैनन् अहिले पनि उनले । सार्है मिलनसार थिए धिरज । सबैका प्यारा थिए । तर सबैका प्यारा बनेका धिरजलाई उनकी प्रेमिकाले प्यारा बनाइनन्, जसले गर्दा उनले कठोर निर्णय लिए । 
प्रहरीले लासको मुचुल्का उठाउँदै गर्दा उनको खल्तीमा सुसाइड नोट भेटियो । जसमा उनले आफुले प्रेममा धोका पाएको लेखेका थिए । ‘चोखो माया गर्नेहरु कहिले सफल नहुने रहेछन्’ भनेर लेखिएको उक्त नोट उप्रेती नियाल्दै थिए, तर प्रहरीले उक्त नोटलाई आफुसँग राखिहाले । सिन्धुलीकमलामाइ नगरपालिका–१४ रानिबाँस घर भएका धिरज न्यौपानेले महेन्द्रनगर शाखामा झुण्डीए । जसका कारण अव चौधरीले आफ्नो प्यारो साथी धिरजलाई भेट्न पाउने छैनन् भने सो कार्यालयमा बस्न पनि उनी लगायत सबैलाई गाह्रो हुने भएको छ । घटनाको भोलिपल्टदेखि नै बैंकको कार्यालय खोलिएको छ । तर ग्राहकहरु स-साना बालकहरु बोकेर बैंक जान डराएका छन् । बैंकका ब्रान्च मेनेजर घटनाबारे केहि बोल्न नमान्नुले घटना कतै रहस्यमय त छैन ? भन्ने शंका उब्जाएको छ । यद्यपी प्रहरीले मृतकलाई कतै पनि चोट नलागेकाले सो घटना आत्महत्या नै हो भन्ने निष्कर्ष रहेको बताएको छ । 
त्यो ‘प्रेम’ जसले एउटा प्रेमीलाई परलोक पुर्यायो…
धिरज कसैलाई प्रेम गर्थे । तर उनले प्रेममा धोका पाए । प्रेममा धोका पाएपछि उनी झन्डै डिप्रेसनको सिकार भएका थिए । केहि साथीभाइहरुलाई भनेका थिए, ‘तनावमा छु । बैंकको कामको तनाव त छँदै छ, उनको पनि ठुलो तनाव छ ।’ साथीहरुलाई भन्ने गर्थे उनी साच्चै उनीविना म बाँच्न सक्दिन होला… यो जागिर, यो कमाइ, आखिर उनकै लागि थियो, उनीनै नरहेपछि बाँच्नुको अर्थ देखेको छैन । उनी केहि समययता टोहोलो भएका थिए । बैंकको काममा पनि घरीघरी के के बिगारिरहेका हुन्थे । काममा ध्यान थिएन उनको । एउटा चिज ल्याउ भन्यो अर्को काम गरेर आउंथे । बैंकको व्यस्त दैनिकीका कारण पियनलाई कसैले पनि के भयो भनेर सोध्ने अवस्था भएन ।  केहि दिन यता उनी साच्चै निराश देखिन्थे । उनका नजिकका एक साथीका अनुसार उनकी प्रेमिका पनि कुनै बैंकमा काम गर्छिन् । यद्यपी प्रहरीले यस विषयमा थप अनुसन्धान भइरहेकाले अहिले केहि बोल्न नमिल्ने बताएको छ । तर उनका नजिकका साथीका अनुसार उनलाई केहि न केहि मेसेज लेखिरहेका हुन्थे धिरज । फोन गरिरहेका हुन्थे ।
शुक्रबार दाइ भाउजु उनलाई भेट्न आएका थिए, आइतबार धिरज झुण्डिए 
यसो त आफ्ना भाइ सार्है चिन्तामा छन् भन्ने सुनेपछि उनका दाइ र भाउजु उनलाई भेट्न महेन्द्रनगर आएका थिए । शुक्रबार आफ्ना दाइ भाउजु आफुलाई भेट्न आएपछि उनले दाइ र भाउजुलाई घुमाउनसमेत लागेका थिए । त्यो रात सँगै खाना खाएर दाइभाउजुलाई आइबार फेरी संगै खाना खाने बाचा गरेर धिरज बैंकको भवनमा रहेको कोठामा आइपुगे । शुक्रबार खाना खाने समय हुँदासमेत आफ्ना भाइ नआएपछी उनका दाइ भाउजु सो भवनमै पुगे । तर यतिबेलासम्म धिरजले प्राण त्यागीसकेका थिए । सिद्धार्थ इन्स्योरेन्सका ब्रान्च इन्चार्जले घटनाबारे भनेपछि दाइभाउजुले गएर पासो फुकाए ।  
सुसाइड नोट प्रयोगशालामा पठाइयो
यता सो सुसाइड नोट प्रयोगशालामा पठाइएको छ । उक्त सुसाइड नोटमा उनले आफ्नो मृत्युको कारण स्वयम् आफु नै भएको उल्लेख गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार घटनाबारे थप विवरण संकलन गरेर अनुसन्धान भइरहेको छ । सुसाइड नोटमा प्रेममा असफल भएपछी उनले आत्महत्या गरेको उल्लेख छ । बैंककै भवनमा रहेको कोठामा सुसाइड नोट लेखेर उनले पासो लगाउँदै प्राण त्यागेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
(घटनाको थप विवरणसहित अर्थ सरोकारले तयार गरेको भिडियो सामाग्री आगामी अंकमा प्रस्तुत गर्नेछौं ।’)
https://arthasarokar.com/2020/12/Dhiraj-.html
https://arthasarokar.com/2020/12/NIC-ASIA-3.html
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: