×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंक लिमिटेडले २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र जारी गर्ने, माग्यो धितोपत्र बोर्डसँग अनुमति

PRIME CA

एनएमबि बैंक लिमिटेडले २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र जारी गर्ने, माग्यो धितोपत्र बोर्डसँग अनुमति

२५ मंसिर २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । एनएमबि बैंकले २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ऋणपत्र जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बैंकले २० लाख कित्ता ऋणपत्रमध्ये ८ लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गर्ने छ भने बाँकी १२ लाख कित्ता बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
ऋणपत्र बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ भने बैंकले ७ वर्ष अवधिको ऋणपत्र जारी गर्न लागेको हो । सो ऋणपत्रमा बैंकले वार्षिक ८% ब्याजदर दिनेछ । धितोपत्र बोर्डको अनुमति पाएपछि ऋणपत्र जारी हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: