×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लगानीकर्ता झुक्याउने, ऋणी रुवाउने एनएमबि कसरी बन्यो `बैंक अफ दी एयर´ ?

अर्थ सरोकार

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार

PRIME CA

लगानीकर्ता झुक्याउने, ऋणी रुवाउने एनएमबि कसरी बन्यो `बैंक अफ दी एयर´ ?

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । आफ्नै लगानीकर्ताहरु झुक्याउने एनएमबी बैंक लिमिटेडले पुन: ‘बैंक अफ दि इयर २०२०’ को उपाधि पाएको छ । बेलायतको फाइनान्सियल टाइम्सले सन् २०२० का लागि ‘बैंक अफ दि एयर २०२० नेपाल’ बाट एनएमबी बैंकलाई सम्मान गरेको हो । 
बेलायतको फाइनान्सियल टाइम्सले विभिन्न शहर तथा ग्रामिण भेगहरुमा शाखा सञ्चालन गरी झन्डै १२ लाखभन्दा बढी ग्राहकहरुलाई गुणस्तरिय बैंकिङ्ग सेवा प्रदान गरेको र बैंकले आफ्नो कर्जा लगानीलाई प्राथमिक क्षेत्रहरु नवीकरणीय उर्जा, कृषि, साना तथा मझौला व्यवसायहरुमा उल्लेख्य वृद्धि गर्दै नेपालको आर्थिक उन्नतिको क्षेत्रमा ठुलो भूमिका निभाएको भन्दै सो सम्मान गर्यो । यता पटक पटक सम्मानित भएको बैंकले नै जनतालाई भने निकै दुख दिँदै आएको छ । 
आफुलाई  नम्बर वान नै सम्झिने यस बैंकले केहि समय अघि मात्रै आथिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको गलत वित्तीय विवरण सार्वजनिक गरी सेयरको मुल्यमा ब्यापक चलखेल गरेको समाचारसमेत बाहिरिएको थियो । लगानीकर्ताहरुसम्म उक्त जानकारी पुगेपछी बैंकभित्र भाडभैलो मच्चियो । ठुलो नाफा देखाएर आफुहरुको आँखामा छारो हाल्ने प्रयास बैंकले गरेको भन्दै लगानीकर्ताहरु बैंकप्रति तिब्र असन्तुष्ट भएका थिए । यसो त बैंक यो त्रैमासको वित्तीय विवरण मात्रै गलत छापेको होइन । यसअघिका त्रैमासमा पनि बैंकले ठुलो नाफा देखाएर गलत वित्तीय विवरण सार्वजनिक गरेको पाइन्छ । पछिल्लो चार वर्षमा बैंकले ‘बैंक अफ दि इयर २०२०’ उपाधि पाएको यो तेस्रो पटक हो । तर ३ पटकसम्म एकोहोरो एउटै संस्थाले उपाधि पाइरहँदा अधिकाशंले सो उपाधि किनेको आरोप लगाएका छन् । 
लगानीकर्तालाई कसरी झुक्यायो बैंकले ?
बैंक अफ दी एयर २०१७ र २०१८ बाट सम्मानित भएको एनएमबि बैंकले गलत वित्तीय विवरण सार्वजनिक गरेर जनताको आँखामा छारो हाल्ने दुष्प्रयास गरेको छ । ठुलो नाफा देखाएर जनताको आँखामा छारो हाल्ने र आफुले राम्रो गरेको जस पाउने बदनियत बोकेर बैंकले अघिल्लो वर्षका सूचकहरुमा ठुलो चलखेल गरेको पाइएपछि बैंकभित्र हुने गरेको बदमासीसमेत छताछुल्ल भएको हो । बैंकले गरेको यस्तो बदमासीले बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा प्रश्न त उठाएको छ नै, पूरा बैंकप्रति नै जनताको विश्वास घट्ने संकेत देखाएको छ । बैंकले नाफा बढाएको देखाएर जस पाउने नाममा आफ्नै खुट्टामा बन्चरो हानेको विश्लेषण जानकारहरुले गरेका छन् । अर्कोतर्फ बैंकले अराजक शैलीमा लगानीकर्ताहरुलाई फसाउने काम गरेको भन्दै लगानीकर्ताहरु बैंकप्रति तिब्र असन्तुष्ट भएका छन् । 
कहाँ-कहाँ भयो चलखेल प्रयास रु के के गलत छापिए ?
एकपटक बैंकले अघिल्लो बर्षको पहिलो त्रैमासमा सार्वजनिक गरेको विवरण हेरौं । सो विवरणमा बैंकले पहिलो त्रैमासमा बैंकले खुद नाफा ८१ करोड ५१ लाख रुपैयाँ देखाएको छ । अव केहि दिनअघि मात्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरण हेरौं । सो विवरणमा बैंकले सो बर्षको सोहि अवधिको खुद नाफा २७ करोड १८ लाखमात्र देखाएको छ । यी दुवै विवरण बैंकको वेवसाइटमा प्रकाशितसमेत छ । सामान्य व्यक्तिले समेत बुझ्ने तथ्यलाई लुकाउन खोजेर एनएमबिले लगानीकर्ताका अगाडी नाङ्गो नाच देखाएको छ ।
यसो त कुनै विवरण गलत देखिएपछी अन्य सूचकहरुमा पनि आम जनता र लगानीकर्ता झुक्किने नै भए । बैंकले वार्षिकीकृत प्रति सेयर आम्दानीमा पनि जनता झुक्याएको छ । अघिल्लो बर्षको बैंकले सार्वजनिक गरेको विवरण हेर्ने हो भने अघिल्लो वर्षको पहिलो त्रैमासमा वार्षिकीकृत बैंकको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ५१ पैसा छ । तर बैंकले गत वर्षको इपीएस १० रुपैयाँ ८४ पैसा मात्र देखाएको छ भने यो वर्ष २० रुपैयाँ ५८ पैसा रहेको भन्दै झुटो आंकडा प्रस्तुत गर्दै जनता झुक्याउने दुष्प्रयास गरेको छ । यति मात्र होइन, बैंकले निक्षेप तथा कर्जा परिचालनको अवस्था लगायतका सूचकमा जनताको आँखामा छारो हाल्ने दुष्प्रयास गरेको छ ।
एनएमबि बैंकको बदमासी यतिमा रोकिएको छैन । बैंकले संचालन मुनाफामा समेत झूठको खेती गरेको छ । बैंकले अघिल्लो वर्ष संचालन मुनाफा ४० करोड देखाएको थियो जुन सरासर गलत छ । यो बर्ष बैंकले सो नाफा १ अर्ब माथि पुगेको देखाएको छ । गलत विवरण देखाएर चलखेल गरेको बैंकले अघिल्लो बर्षको बैंकको रिटर्न अर्निंग २ अर्ब २५ करोड रहेको देखाएको थियो । जवकि बैंकले प्रकाशित गरेको पछिल्लो विवरणमा भने सोहि अवधिको रिटेन अर्निंग १ अर्व ७३ करोड रुपैयाँमात्र रहेको देखाइएको छ ।

बैंकको चलखेलले डुब्दै लगानीकर्ता ? के भन्छ बैंक ?
गलत विवरण सार्वजनिक गर्दा सेयर बजारमा ठुलो चलखेल हुने गरेको छ । बैंकमा हुने यस्ता चलखेलले सोझासाझा लगानीकर्ताहरु फस्ने डर हुन्छ । तर एनएमबि लगायतकाको यस्तो बदमासीमा नियामक चुप लाग्ने प्रवृतिले जनताहरु फसेको फस्यै गर्ने र यस्तो काम गर्न पल्किएकाहरु अझ उत्साहित हुने देखिएको छ । यस विषयमा सम्बन्धित निकायको ध्यान जान जरुरी छ । 
यता बैंकका सूचना अधिकारी सुदेश उपाध्यायले भने अडिटरका फरक फरक रायका कारण यस्तो समस्या देखिएको बताएका छन् । ‘अघिल्लो बर्ष अडिटरको राय अनुसार वित्तीय विवरण सार्वजनिक गरियो । यो पटक फेरी कतिपय एडजस्टमेन्टमा अडिटरको फरक राय आयो । अडिटरकै फरक फरक राय आएपछि केहि समस्या देखिएको छ । यो केसमा के भयो भन्ने कुरा अझै मसम्म पनि आइपुगेको छैन । त्यसैले यस्तो समस्या देखियो ।’ यता कुनै एडजष्टमेन्टमा गडबढ हुँदा यस्तो समस्या आएको बैंकको तर्क छ । तर यो कुराको डिस्क्लोजर बैंकले गरेको छैन । केहि कुरा गडबढ भए त्यसको डिस्क्लोजर नदेखाउनुलाई गलत कामको रुपमा लिइन्छ । त्यसकारण पनि बैंकले गरेको यो बदमासी, बदमासीको पराकाष्टा हो भन्ने बुझाइ अधिकांशको छ ।

राष्ट्र बैंककै निर्देशन लत्याउँदै यसरी मिच्यो बैंकले प्रक्रिया !

बैंक अफ दी एयर को अवार्डबाट सम्मानित भएको एनएमबी बैंकले सुदूरमा गरेको गतिविधीले पाएको सम्मानलाई गिज्याएको छ । धनगढीमा रहेको बैंकको शाखाले ठूलो रकम लगानी गर्ने र आन्तरिक मिलेमतोमा मनपरी रुपमा प्रक्रिया मिचेर काम गरेको सुचना अर्थ सरोकारलाई प्राप्त भएको छ । धितो राखि कर्जा प्रवाह गरेको बैंकले कर्जा चुक्ता नहुँदै सम्पत्ति विक्रि गरेको थाहा हुँदाहुँदै पनि दुःख दिने नियतले अनेक बाहाना बनाएर झुक्याउने गरेको अर्थ सरोकारलाई प्राप्त सुचना र तथ्यहरुले बोलिरहेको छ । उक्त विषयमा अर्थ सरोकारले गरेको इन्भेष्टिगेसनसहितको तथ्य केहि दिनमा प्रशारण हुँदैछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: