×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

प्रमाणसहित हेर्नुहोस् बैंक अफ दी एयर एनएमबिको ‘ब्रह्मलुट’ ! भौचरको फोटोकपी माग्दा ५०० रुपैयाँ असुली ! (भिडियो)

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । एनएमबि बैंक अर्थात सन् २०१७, सन् २०१८ र सन् २०२०मा गरी तीन-तीन पटक बैंक अफ दी एयरको अवार्ड पाएको बैंक । तर यसरी प्रतिष्ठित अवार्ड पाएको बैंकप्रति ग्राहकहरु भने तीब्र असन्तुष्ट देखिएका छन् । यसको पछिल्लो उदाहरण हो बैंकको ‘भौचर-काण्ड’ । बैंकले भौचरको सक्कल प्रतिको नक्कल प्रतिलिपि ग्राहकले मागेको खण्डमा ५०० रुपैयाँ असुली गरेपछि ग्राहकले सामाजिक संजालमा आक्रोश पोखेपछि बैंकभित्रको यो काण्ड बाहिरिएको हो ।


भएको के हो ?

एक ग्राहकले आफुले डिपोजिट गरेको भौचर हराएपछि आवश्यक परेर सो भौचरको नक्कल प्रति मागे । भौचरको नक्कल अर्थात फोटोकपि । तर सो फोटोकपिको एक कपिको बैंकले ५०० रुपैयाँ लियो । बैंकले यसरी आफुसँग चर्को रकम असुली गरेपछि ती ग्राहकले सामाजिक संजालमा गुनासो पोखेका हुन् । बैंकमा उनले २०७७ साल असोज २९ गते पांच लाख रुपैयाँ डिपोजिट गरेका थिए । सोहि रकम डिपोजिट गरेको भौचर चाहिएपछी उनले सो भौचरको नक्कल प्रति बैंकसँग मागेका थिए । बैंकले नक्कल भौचर त दियो तर तर सो वापत ५०० रुपैयाँ चार्ज गर्यो । त्यसपछि उनले यो केसलाई बैंकको ब्रह्मलुट भन्दै आक्रोश पोखेका छन् ।

बैंक भन्छ – नियम अनुसार नै लिएको हो, गुनासो आयो अव शुल्क घटाउन पहल गर्छौं 

यो केस धनगढीस्थित फूलबारी शाखाको हो । उक्त शाखामा ग्राहकका निकै बढी गुनासाहरु हुने शाखा हो । तत्कालीन कन्चन डेभलोपमेन्ट बैंक एनएमबिले प्राप्ति गरेपछि झन् सेवामा खस्किएको यो बैंकमा यो प्रकरण घटेपछी अहिले फूलबारीका ग्राहकहरुले एनएमबि बैंकमा कारोबार नगर्नसमेत धेरैलाई सचेत गराउँदै आएका छन् । तर बैंकका प्रतिनिधिले भने नियम अनुसार नै उक्त शुल्क लिएको र गुनासो आएपछि अव शुल्क घटाउन पहल गर्ने बताएका छन् । बैंकको सो शाखाका ग्राहकहरुले बैंकको वालेटमा देखिएको समस्या महिनौं हुँदा पनि समाधान नभएको भन्दै गुनासो पोखेका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: